न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ असोज, काठमाडौं ।   न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

 

लगानीकर्ताले आज अर्थात असोजको १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्तामा नागरिक लगा नी कोष रहेको छ ।कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ ।

अनलाइनखबर

You can share this post!

सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु १ हजार संक्रमणमुक्त

मुस्ताङबाट व्यापारीले झार्न थाले भेडाच्याङ्ग्रा

Related posts