पात्लेखेत, वाखेत, झिँ र पाखापानीमा गठवन्धनको चुनावीसभाः जिल्लाको विकासमा जोड

म्याग्दी । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आइतवार बेनी नगरपालिका १० को पात्लेखेत, वाखेत, रघुगंगा गाउँपालिका ५ झिँ र ६ पाखापानीमा चुनावीसभा सपन्न गरेको छ ।
चुनावी सभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका सदस्यका उम्मेदवार खम्विर गर्बुजाले म्याग्दीको विकासका लागि अफूलाई एकपटक अवसर दिन जनतामाझ अनुरोध गर्नुभयो । ‘जनताको विश्वास र भरोसालाई सधैं सिरमा राखेर पाँचबर्षमा मतदातले देख्ने गरि काम गर्नेछु,‘जनताका अति आवश्यकता समाधान नगरे अर्कोपटक भोट माग्न आउँदैनौ‘ गर्बुजाले भन्नुभयो ।

चुनावी आमसभामा प्रदेससभा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जिल्ला नेता हरी भण्डारीले गठबन्धनले विजय भएपछि नयाँ आयाममा विकासका मोडेलहरूलाई अगाडि सार्ने बताउनुभयो । ‘तपाईहरुको मत खेर जान दिन्नौं, एकपटक, यसैपटक अवसर दिनुहोस’ उम्मेदवार भण्डारीले भन्नुभयो ।

आमसभामा पूर्व योजना आयोगका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार डा. मिनबहादुर श्रेष्ठले म्याग्दीमा अहिले सडक सहितका पूर्वाधार नै प्रमुख आवश्यकता भएको बताउनुभयो ।‘मैले योजना आयोगमा काम गर्ने अवसर पाउँदा म्याग्दीका ठूला सडकलाई गति दिए,‘तपाईहरुलाई मैले बोलेको पूरा गरेर देखाएको छु, अहिले सडक कालोपत्रे भई सहज आवतजावत भएको छ’ डा. श्रेष्ठले भन्नुभयो ।

उहाँले पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडक जस्तै बेनी–पाखापानी सडक सहित जिल्लाका महत्वपूर्ण सडकलाई पाँचबर्षभित्र कालोपत्र गर्न सकिने बताउनुभयो । नेपाली काँग्रेसका प्रदेशसभामा समानुपातिक उमेद्वार विमला गौचनले जिल्लामा अपेक्षित विकास नहुनुमा केन्द्रमा पहुँचको अभाव र विगतमा निर्वाचित जनप्रतिनिधिहरुको बेवास्ता नै प्रमुख कारण भएको बताउनुभयो ।

यसैबीच प्रदेशसभा क्षेत्र नं २ को विभिन्न स्थानमा चुनावी आमसभा भएको छ । प्रदेशसभा उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रका संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीको विकास नहुनुको जिम्मेवारी २०४८ पछिका दुई वटा बाहेक अहिलेसम्मका सबै संसदीय निर्वाचन जितेको एमालेले लिनुपर्ने भन्दै अव पाँचबर्ष गठबन्धनबाट जितेका उम्मेदवारले पश्चिम म्याग्दीको विकासलाई नयाँ उचाईमा पुर्याउने बताउनुभयो । गठबन्धनले चुनावी सभा सहित घरदैलो र भेटघाटलाई समेत तिब्रता दिएका छन् ।

You can share this post!

‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमाले उम्मेदवारको घोषणा

मोना जापानको क्षेत्रीय कार्यसमिति क्युस्युको अध्यक्षमा दिपक विक चयन

Related posts