रितुङ्ग माविमा ५ लाखको अध्यक्षकोष स्थापना

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको रितुङ माध्यामिक विद्यालयमा एक परिवारले आफ्नो आमाबाबाको स्मृतिमा अध्यक्षकोष स्थापना गरेका छन् । स्व. रामबहादुर घरब्जा छन्त्याल तथा स्व. हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी र नातीनातिनीहरुले ५ लाखको अध्यक्षकोष स्थापना गरेको विद्यालयका प्र.अ खिमबहादुर छन्त्यालले जनाकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पहिलो चरणमा विद्यालय व्यवस्थापन अध्यक्ष गमान छन्त्याल, प्र.अ र सहयोगदाता गिता छन्त्यालको संरक्षणमा संचालन हुने गरी स्व छन्त्यालका परिवारका सदस्यहरु भिमबहादुर छन्त्याल, समाया छन्त्याल, सतिमा छन्त्याल, नातीहरु कमल छन्त्याल मन छन्त्याल, बिमल छन्त्याल, रिता छन्त्याल, गिता छन्त्याल लगायतले उक्त रकम विद्यालयका कार्यबाहक वि.वि.स. का.अध्यक्ष पदम छन्त्याल र प्र.अ लाई हस्तातरण गर्नुभएको थियो ।

‘श्री रामबहादुर, हल्जना छन्त्याल स्मृति रितुङ्ग मा.वि अध्यक्षकोष’ बाट बार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीहलाई छात्रवृति (शैक्षिक सामाग्री) विवतरण गरिने प्र.अ छन्त्याले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभाप्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो गाउँको विद्यालयमा सहयोग गरेको विमल छन्त्यालले बताउनुभयो ।
‘विद्यार्थीले आत्माविश्वास बढोस र माथिल्लो तहमा पढ्नका लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरेका हौँँ’ उहाँले भन्नुभयो ।

You can share this post!

बेनीका श्रेष्ठ परिवारद्वारा दिवङ्गत पितृको स्मृतिमा अक्षयकोष स्थापना

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

Related posts