बार परिसरमै वकिल कुटिए

काठमाडौं । नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कुटपिट भएको छ । अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताएका छन् ।

बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा विहीबार सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।

‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो’, चुडाँलले बार परिसरमा पत्रकारहरूसँग भने । दुवै अधिवक्ता नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन आबद्ध हुन् ।

न्यौपाने पूर्वन्यायाधीश नरेन्द्र न्यौपानेका छोरासमेत हुन् । न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छ

You can share this post!

च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक

प्रगति युवा क्लबको विविध कार्यक्रम सम्पन्न

Related posts