राष्ट्रिय खेलकुदलाई व्यवस्थित बनाउन बेनपा –७ मा उपसमिति गठन

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत यहि असोज २७ गतेदेखि म्याग्दीको बेनीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दो खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ ले विभिन्न उपसमिति गठन गरेको छ ।

वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको जनप्रतिनिधी, टोल सुधार समिति र संघ संस्थाका प्रतिनिधीहरुले म्याग्दीमा भित्रिएको राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारीका लागि उपसमिति बनाएको हो ।

वडा सदस्य सृजना श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार, सुजाता किसानको संयोजकत्वमा सार्वजनिक स्थल मठमन्दिर सरसफाई, सोहन श्रेष्ठको संयोजकत्वमा बजार सरसफाई, सजावट, विद्युत व्यवस्थापन र स्वंमसेवक परिचालन, रमेश फगामीको संयोजकत्वमा झाँकी प्रर्दशनी उपसमिति गठन गरिएको वडा कार्यालयले जनाएको छ ।

“म्याग्दीमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने ऐतिहाँसिक अवसरले हामीलाई उत्साहित बनाएको छ,” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो “हाम्रै वडामा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट आउने खेलाडी, प्रशिक्षक, अफिसियल अतिथि, खेलप्रेमीलाई न्यानो आतिथ्यताका लागि उपसमिति बनाएका हौ ।”

यसैगरी धार्मिक तथा पर्यटकीय स्थल वृत्तचित्र निर्माण गर्नका लागि म्याग्दी जेसिसलाई जिम्मेवारी दिने, बजार सजावटमा पहिलो, दोस्रो र तेस्रो हुने टोल विकास संस्थालाई पुरस्कृत तथा झाँकी प्रर्दशनीमा सहभागि संस्थालाई मायाको चिना प्रदान गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न जिल्लामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुदैछ । जस अन्तरगत बेनीको खुल्ला मञ्चमा महिला भलिबल र कालीपुल कवर्डहलमा तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

You can share this post!

सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पशुपति शाही चयन

नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा प्रेम बुढा मगर

Related posts