म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छः अध्यक्ष छन्त्याल

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समितिका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा रहेर मोनाका अभियानलाई अघि बढाउने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।

प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले जिल्लामा प्रवासीको ज्ञान, शिप र पुँजी भित्र्याउनका लागि मोनाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘‘प्रवासी म्याग्देलीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई जिल्लाको विकासमा परिचालन गर्न आबश्यक देखिएको छ, यहाँका स्थानीयतह हरुसंग समन्वय गरि लगानीका क्षेत्रहरुलाई उजागर गर्छौ’’–उहाँले भन्नुभयो ।

म्याग्दीमा उत्पादन हुने सिमि, चामल, टिमुर, च्याउ, गुन्द्रुक लगायतका उपजहरुलाई ब्राण्डिङ गरेर अन्तराष्ट्रिय बजारसम्म पु¥याउन सकिने समेत बताउनुभयो । उहाँले विश्वका विभिन्न मुलुकमा पुगेका र मोनाको सञ्जालमा नजोडिएका म्याग्देलहिरुलाई समेत मोनामा आवद्ध गर्ने र राष्ट्रिय कार्यकारी समितिको सञ्जाल विस्तारलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो ।

चौँथो अधिवेशनमा देखिएका केही तिक्तताहरुलाई पनि तत्कालै मिलाएर लैजाने उहाँको भनाई थियो । छन्त्यालले जिल्ला भित्र दुख, समस्या र पीडामा रहेकाहरुको खबरलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रसारण गर्नका लागि मिडियाकर्मीहरुलाई अनुरोध समेत गर्नुभएको थियो ।

साथै उहाँले पत्रकार महासंघ म्याग्दी संग समन्वय गरि जिल्लामा क्रियाशिल पत्रकारहरुलाई हित हुने गरि कुनै एउटा कोष स्थापना गर्नका लागि कार्य समितिमा छलफल गर्ने पनि बताउनुभयो । त्यसका लागि महासंघको धारणा सहितको प्रस्तावना संस्थामा पेश गर्न उहाँले आग्रह गर्नुभयो ।

म्याग्दी समाज अमेरिकाका पूर्व अध्यक्ष र एनआरएनए अमेरिकाका पुर्व बोर्डअफ डाइरेक्टर समेत रहनुभएका छन्त्यालले त्यहाँ गरेका कामहरुको अनुभवलाई समेत मोनाको सामाजिक कार्य र संस्थागत विकासको कार्यहरुमा उपयोग गर्ने बताउनुभयो ।

You can share this post!

माओबादी केन्द्र म्याग्दीका प्रभावशाली नेता थापा एमालेमा प्रवेश

नेकपा एमाले मंगला गाउँपालिका ४ को अध्यक्षमा अर्जुन रोका चयन

Related posts