म्याग्दी । नेकपाल एमाले म्याग्दीको शनिबार देखि सुरु भएको वडा अधिवेशन जारी रहेको छ । आइतबार रघुगंगा गाउँपालिका ५ झीं मा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेजु शेरपुन्जाको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा शंक बहादुर थजाली, सचिवमा लक्ष्मी शेरपुन्जा पुन, उपसचिवमा नरु थजाली र राज कुमार थजाली चयन हुनुभएको छ । सदस्यहरुमा पुर्ण बहादुर पुन, ओमकार शेरपुन्जा, लालमन पुन, दुर्गा गर्बुजा, हसिना थजाली, विष्णु बिक, गणेश थजाली लगाएत रहनुभएको निर्वाचन प्रतिनिधि निरज शेरपुन्जाले जानकारी दिनुभएको छ ।
रघुगंगाको वडा नं २ भगवती, ३ पिप्ले र ६ पाखापानीमा शनिबारनै अधिवेशन सकिएको थियो । बाँकी रहेको वडाहरुमा पनि अधिवेशन सुरु भएको एमाले म्याग्दीले जनाएको छ । त्यस्तै मंगलाको वडा नं ३ र ४ बरंजामा पनि अधिवेशन सुरु भएको त्यहाँवाट दर्पण रोकाले जानकारी दिनुभएको छ ।
धौलागिरीको वडा नं ६, मराङ, वडा नं ५ मल्कवाङ्ग, र वडा नं २ लुलाङ्गमा पनि अधिवेशन सुरुभएको बताइएको छ । त्यसैगरि मालिका र अन्नपुर्ण गाउँपालिकाको वाँकी रहेका वडाहरुमा पनि आज र भोली सम्ममा अधिवेशन सम्पन्न गरिने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।