एमाले म्याग्दीको वडा अधिवेशन सुरुः बेनपा १ र १० मा सम्पन्न

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमालेको आज देशैभर वडा अधिवेशन सुरु भएको छ । जसअन्तर्गत म्याग्दी जिल्लामा पनि वडा अधिवेशन सुरु भएका छन ।

बेनी नगरपालिका १ रत्नेचौर र १० पात्लेखेतमा अधिवेशन सम्पन्न भइसकेको छ । वडा नं १ को वडा कमिटि अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा गणेश बोगटी, सचिवमा तारा प्रसाद थापा, उपसचिवमा श्याम रोका र सम्झना छन्त्याल चयन हुनुभएको छ । ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष रावलले जानकारी दिनुभएको छ । अधिवेशनको उदघाटन प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले गर्नुभएको थियो ।

त्यस्तै बेनी नगरपालिका १० मा कृष्ण बहादुर मल्लको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक कुमार रोका, सचिवमा गोकुल शर्मा, उपसचिवमा तिलक थापा र अजय रसाईली चयन हनुभएको एमाले म्याग्दीका जिल्ला सदस्य डिपी शर्माले बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिकाका अन्य सबै वडाहरुमा अधिवेशन संचालन भइरहेको छ । मंगला गाउँपालिकाको वडा नं १, २, र ५ मा अधिवेशन सुरु भएको छ भने वडा नं ३ र ४ मा आइतबार ( भोली ) हुने बताइएको छ । त्यस्तै मालिकाको ६, धौलागिरीको ३, ४ र ७, रघुगंगाको २, ३ र ६ र अन्नपूर्णको १ र ६ मा वडा अधिवेशन चलिरहेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

You can share this post!

पुलाचौरमा एक महिला सामुहिक रुपमा बलात्कृत

वनलाई जनताको जीवनस्तरसँग जोडेर लैजानुपर्छः सांसद थापा

Related posts