दानाबाट रोजी बिक सम्पर्क बिहिन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाबाट रोजी बिक नाम गरेको एक महिला कार्तिक २ गते मंगलबार देखि सम्पर्क बिहिन बन्नु भएको छ ।

धौलागिरि गाउँपालिका ७ सिवाङ्ग घर भएका २२ बर्षिय बिक दाना डाँडागाउँ स्थित माइती घरमा दशैँको टिका लगाउन परिवार सहित आउनुभएको थियो । दानाबाट सहकर्मी गंगा पुनले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजे तिर बच्चाको प्याम्पस किन्न भनि घरबाट निस्केकी बिक आज सम्म परिवारको सम्पर्कमा आउनुभएको छैन ।

उहाँ घर नफर्किएपछि बिभिन्न ठाउँमा रहेका सबै आफन्तहरु संग सोधखोज गरिएको तर कतै फेला नपरेको रोजीका श्रीमान पबिन्द्र श्रीपालीले बताउनुभयो । यसअघि घरमा कुनै झैझगडा पनि नभएको उहाँले बताउनुभयो ।

‘साथमा मोबाइल पनि छैन, सबै ठाउँ सोधखोज भएको छ, इलाका प्रहरी कार्यालय दानामा पनि खोजि गरिदिन भनि निबेदन दिएका छौँ तर कतै केही खबर आएको छैन’ श्रीपालीले भन्नुभयो ।

गहुँगोरो बर्ण भएको, पहेलो पाइन्ट र कालो टिर्सट लगाएको, रातो पछयौरा ओढेको रोजीलाई कहिकतै भेटेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६१९१८५८३ मा सम्पर्क गरिदिन श्रीपालीले अनुरोध गर्नुभएको छ । बिकले १० महिनाको छोरालाई माइतैमा छोडि आफु सम्पर्कबिहिन बन्नुभएको छ ।

You can share this post!

मोना बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे चयन

पहिरो मा परी २१ जनाको मृत्यु, कयौँ वेपत्ता

Related posts