निति,शिष्टाचार र समानुभुती सहितको सेवा प्रवाह गर्छौँः प्रजिअ राना

म्याग्दी । हालै दाङबाट सरुवा भई म्याग्दी आउनु भएका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना मगरले निति, शिष्टाचार र समानुभुतीको महशुस हुने गरि सेवा प्रवाह गर्ने बताउनु भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ रानाले सेवाग्राहीको भावना अनुरुपको सेवा उपलब्ध गराउने बताउनु भएको हो । सुशासन कायम, ढिलासुस्ती हटाउने र सेवा लाई चुस्तदुरुस्त बनाउने आफ्नो पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो ।

सेवामा जनताहरु खुसी भएभने मात्रै लोकतन्त्रको आवास हुने भन्दै जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुखहरु संगको बैठक राखि मुस्कान सहितको सेवा दिन अनुरोध गरिएको पनि प्रजिअ रानाले बताउनुभयो ।

आफ्नो कार्यकालमा जिल्ला स्थित सम्पुर्ण कार्यालयमा सुचना अधिकारीको ब्यबस्था गर्ने, जनतालाई सहज तरिकाले सुचना उपलब्ध गराउने वातावरण सृजना गराउने, जिल्लामा संचालित ठुला आयोजनाहरुको निरन्तर अनुगमन गर्ने, त्यसमा भइरहेको ढिलासुस्तीलाई हटाउने प्रयत्न गर्ने, सुरक्षाको उचित प्रबन्ध गर्ने, र कुनैपनि राजनितिक दबाबमा नपरि न्याय प्रदान गर्न तत्पर रहने जस्ता योजनाहरु रहेको प्रजिअ अधिकारीले बताउनुभयो ।

कार्यक्रममा उपस्थित पत्रकारले जिल्लामा प्रशासनको सेवा जनमुखी हुन नसकेको, सुरक्षा निति कमजोर हुँदै गएको, योजनाहरु समयमै सम्पन्न नभएको, नदिजन्य बस्तुहरुमा चोरी निकासी भएको, जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नपुग्ने समस्या भएको लगाएतका समस्याहरु राखेका थिए ।

जबाफमा प्रजिअ रानाले अब यी सबै समस्याको समाधानमा आफु प्रतिबद्ध रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम राईले नजिकिदै गरेको दशैँ, तिहार, छठ, नेपाल सम्बत लगाएतका चाडपर्बहरुलाई मर्यादित र सुरक्षित तरिकाले मनाउनका लागि आबश्यक सुरक्षा निति तयार गरिएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, निबर्तमान अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्का एबँ जिल्लाका क्रियाशिल पत्रकारहरु तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।

You can share this post!

घान्द्रुक दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा घुम्न आएका विद्यार्थी

डम्मरा युवा क्लब द्वारा विविध खेलकुद प्रतियोगीता सुरु

Related posts