डम्मरा युवा क्लब द्वारा विविध खेलकुद प्रतियोगीता सुरु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ६ डम्मरामा रहेको डम्मरा युवा क्लबले बिजया दशमी तथा शुभ दीपावलीको पावन अबसरमा विविध खेलकुद प्रतियोगीताहरुको आयोजना गरेको छ । प्रतियोगीताको मंगलबार बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णसिं बानीयाँले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बानीयाँले जाती, धर्म, लिङ्ग, राजनितिक आस्था भन्दा समाज सधै माथि हुने भएकाले सामाजिक सद्भाव र एकता स्थापित गर्न क्लवको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । स्थापनाको छोटो समयमै डम्मरा युवा क्लवले थुप्रै सामाजिक काम गरिसकेको भन्दै क्लबको हरेक सामाजिक कार्यहरुमा सदैव आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

साथै उहाँले शिक्षा नै सबैभन्दा ठुलो धन भएकाले अध्ययनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बिचार ब्यक्त गर्नुभयो । डम्मराका कतिपय बालबच्चाहरुले अध्ययनलाई निरन्तरा नदिएको अबस्था देखिएकाले त्यस प्रति अभिभावकले विशेष ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।

सुख भन्दा खुसी ठुलो हो भन्दै बानीयाँले दशै तिहार जस्ता महान पर्वलाई सांस्कृतिक सम्पति सम्झिदै जे छ त्यसैमा खुसि मनका साथ मनाउन आग्रह गर्दै शुभकामना प्रदान गर्नुभएको थियो । कार्यक्रममा डम्मरा आमा समुहका अध्यक्ष स्यानीमाया कार्की, टोल सुधार समितिको अध्यक्ष बिदूर खत्री, क्लबका सल्लाहकार जिबन श्रेष्ठ, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

दुई दिन सम्म संचालन हुने सो प्रतियोगीतामा ब्याडमिन्टन, पुरुष लठो, महिला लठो, ठेलो, भाले छुने खेल, एकल खुल्ला नृत्य प्रतियोगीता, म्युजिकल चियर, अन्धनिसान, टपरी बुन्ने खेल, दौड लगाएतका प्रतियोगीताहरुको आयोजना गरिने कल्वका अध्यक्ष बिशाल खत्रीले बताउनुभयो ।बिजया दशमीको अबसरमा शुभकामना आदान प्रदान तथा स्थानीय बालबालिकाको प्रतिभा प्रस्फुटन र उनिहरुलाई खेलप्रति रुचि जगाउनका लागि पनि प्रतियागीताको आयोजना गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । सोही अबसरमा कल्बलाई तत्काल खेल अभ्यासका लागि ग्राउन्ड उपलब्ध गराएको भन्दै कोषाध्यक्ष सुरज खत्रीको परिवारको तर्फबाट उहाँका आमा सुना खत्रीलाई सम्मान पनि गरिएको छ ।

कार्यक्रममा कल्बका सदस्य कलाकारहरुबाट आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । प्रतियोगीताको उद्घाटन समारोह कल्बका अध्यक्ष खत्रीको अध्यक्षता, उपाध्यक्ष रुपेश खत्रीको स्वागत र सचिव तेजिन क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । आयोजित बिभिन्न प्रतियागीताहरुमा डम्मराका स्थानीयले सहभागीता जनाएका छन ।

You can share this post!

निति,शिष्टाचार र समानुभुती सहितको सेवा प्रवाह गर्छौँः प्रजिअ राना

पत्रकार गौतमद्वारा गरिब तथा दलित परिवारलाई खाद्यान्न सहयोग

Related posts