कास्कीमा माघ १ गते शनिबारदेखि स्मार्ट लकडाउन लागु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक विज्ञप्ती निकालेर माघ १ गते शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिँदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि कास्की जिल्लाभर माघ १ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि स्मार्ट लकडाउन घोषणा गरिएको जानकारी दिए।
प्रजिअ आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी०को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ को पुस २६ गते बसेको बैठकको निर्णयसमेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम आदेश जारी गरिएको छ।’
प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन रोक लगाएको छ। राजनीतिक, सामाजिक तथा सांस्कृतिकलगायतका भेला, महोत्सव, मेला, सभा, सम्मेलनलगायतका कार्यक्रम नगर्नरनगराउन प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम जिल्ला स्थित सम्पूर्ण आधारभूत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन नगर्नेरनगराउन प्रशासनले आदेश जारी गरेको छ। तर पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चालन गर्न सकिने जनाइएको छ।
प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दारगराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ। साथै सार्वजनिक सवारी साधनहरु सञ्चालन तथा प्रयोग गर्दा सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालकरसहचालक र यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न भनिएको छ। लामा दूरीका सवारी साधन तथा हवाईजहाजबाट यात्रा गर्नु पूर्व खोप कार्ड वा कोभिड–१९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण अनिवार्य लिनरदिन भनिएको छ।
प्रशासनले जिल्लास्थित सेवा प्रदायक निकायहरुमा सेवा प्रवाह गर्दा सेवाग्राहीहरुले अनिवार्य कोभिडविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भनेको छ। साथै सेवा प्रदायकहरुले खुल्ला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ।
प्रशासनले कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गरी घरबाहिर निस्कँदा, सार्वजनिक सवारी प्रयोग गर्दा अनिवार्य रुपमा उचित तरिकाले मास्कको प्रयोग गर्ने, भौतिक सामाजिक दूरी कायम गर्नुपर्ने र समय समयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोगसहितका तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नरगराउन आदेश जारी गरेको छ।
त्यस्तै, औषधिलगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानून बमोजिम कारवाही हुने जनाइएको छ। साथै औद्योगिक तथा व्यवसायीक संस्था, फर्म तथा पसलहरुले तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सञ्चालन गर्नुपर्ने प्रशासनले जारी गरेको आदेशमा भनिएको छ।
माथि जारी गरिएको आदेश उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ।