छाप युवा क्लबको अध्यक्षमा मिलन जिसी निर्बाचित

म्याग्दी । बेनी नगरपालिका ६ छापमा रहेको छाप युवा क्लबको अध्यक्षमा मिलन जिसी निर्बाचित हुनुभएको छ । शनिबार सम्पन्न क्लबको दोस्रो अधिबेशनबाट जिसी अध्यक्षमा निर्बाचित हुनुभएको हो ।

अध्यक्ष पदका लागि मिलन जिसी र रञ्जन केसी बिच सहमति हुन नसकेपछि चुनावी प्रतिस्पर्धा भएको थियो । मताधिकार भएका ४३ जना सदस्यहरु मध्ये ३९ जनाले जिसी र केसीलाई भोट गरेका थिए । बाँकी ४ जना भने अनुपस्थित रहेका थिए ।

जिसीले २४ मत प्राप्त गरि अध्यक्षमा बिजयी हुनुभएको हो भने प्रतिस्पर्धी केसीको पक्षमा १५ मत प्राप्त भएको थियो । अध्यक्ष बाहेकका अन्य पदाधिकारी र सदस्यहरु भने सहमतिमा चयन गरिएको छ । जसअन्तर्गत क्लबको बरिष्ठ उपाध्यक्षमा सुमन जिसी, दित्तीय उपाध्यक्षमा पुस्कल केसी, उपाध्यक्षमा बन्जित केसी, सचिबमा अनिश मल्ल, कोषाध्यक्षमा सुदिप बानीयाँ, सह–सचिवमा समिर बिश्वकर्मा र सह–कोषाध्यक्षमा बिकास बानीयाँ चयन हुनुभएको छ ।

त्यस्तै कल्वको सदस्यहरुमा प्रकाश जिसी, शुशिल जिसी, मदन कटुवाल, प्रमेश बानीयाँ, बिपिन केसी, बिपेश केसी, लोकेन केसी लगाएत रहनुभएको बरिष्ठ उपाध्यक्ष सुमन जिसीले जानकारी दिनुभयो ।

अधिबेशनमा बोल्दै बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णसिं बानीयाँले छाप युवा क्लबले खेलकुद कला र संस्कृतिको संरक्षण संगै सामाजिक सेवाको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुराएको बताउनुभयो । युवाहरु सम्मिलित क्लबले सामाजिक बिकृति र बिसंगतिका बिरुद्धमा पनि बिभिन्न रचनात्मक कार्यक्रम गर्न आबस्यक रहेको उहाँको भनाई थियो ।

क्लवका निर्बतमान अध्यक्ष सुमन केसीले नबनिबार्चित समितिलाई बधाई दिदै पदभार हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा पूर्व अध्यक्ष हर्क जिसी, क्लबका पूर्व पदाधिकारी लगाएत समाजसेवी तथा अगुवा ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

१४७ औँ विश्व हुलाक दिवसको अबसरमा उत्कृष्ट कर्मचारी सम्मान

म्याग्दीमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघ गठन

Related posts