अनेरास्ववियु म्याग्दीको संगठन बिस्तार अभियान सुरु

म्याग्दी, १४ असोज । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीले संगठन बिस्तार तथा सुदृढिकरण अभियानको सुरुवात गरेको छ । जिल्लाको अंग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसमा बिहिबार बिहान क्याम्पस प्रारम्भिक इकाई कमिटि गठन गर्दै अभियानको सुरुवात गरेको हो ।

बिबिएस प्रथम बर्ष सेक्सन बि मा सन्देश सुबेदीको अध्यक्षतामा सिजन शर्मा उपाध्यक्ष, कुशुम सुनार सचिब, शिव केसी सहसचिव, र अजय शेरपुन्जा कोषाध्यक्ष रहको ५० सदस्यीय र सेक्सन सि मा कल्याण सुबेदीको अध्यक्षतामा सिवानी शर्मा उपाध्यक्ष, शिक्षा गुवाजु सचिब, सिता थापा सहसचिव, एलिना नेपाली कोषाध्यक्ष रहेको ३५ सदस्यीय कमिटि गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु म्याग्दीका सचिव साबित्री केसीले बिद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन अनेरास्ववियुले उल्लेखनिय भूमिका खेल्दै आएको, साथै हरेक क्षेत्रमा अब्बल बिद्यार्थीहरुलाई नै नेतृत्वमा ल्याउने गरि अभियान सुरु गरेको बताउनुभयो । उहाँले अनेरास्ववियु बिद्यार्थीहरुको हकहितमा काम गर्ने पहिलो संगठन भएको दाबि गर्नुभयो ।

जिल्ला कमिटिका सचिवालय सदस्य समिर रोकाले अनेरास्ववियु सम्पूर्ण बिद्यार्थी आन्दोलनको नेतृत्वदायी संगठन भएको भन्दै म्याग्दी बहुमुखी क्याम्पसमा भएको शुल्क बृद्धिलाई घटाउनका लागि बिशेष पहल गरिएको बताउनुभयो ।

सचिवालय सदस्यहरु मिलन खत्री र भरत मल्ल ठकुरीले अनेरास्ववियु बिपतको पनि साथी भएको बताउनुभयो । २०७२ सालको भुकम्पका कारण भत्किएका जिल्लाका बिद्यालयमा अस्थायी संरचना निर्माण गर्न तथा २०७७ को बाढि पहिरोमा उद्धार तथा राहतका लागि पनि अनेरास्ववियु पुगेको स्मरण गर्दै बिद्यार्थीका हरेक समस्या संग संगठन नजिक रहने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सदस्यहरु सुविन बिक, मलिन बिक, अमृत पुरी लगाएतको उपस्थिति रहेको थियो । म्याग्दी क्याम्पसका अन्य शंकाय संगै जिल्लाका माबी तथा उच्च माबीहरुमा संगठन बिस्तार तथा सुदृढिकरणका लागि जिम्मेवारी बाँडफाँड गरि जिल्ला कमिटि सदस्यहरुलाई परिचालन गरिएको अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एबँ जिल्ला अध्यक्ष सुवास बिश्वकर्माले बताउनुभयो ।

You can share this post!

घटस्थापनाको साइत बिहान ११ः४६ मा

शिखमा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला बितरण

Related posts