यातायातमा ५० प्रतिशत भाडा बढ्यो लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन हुने

सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहेका आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने सरकारले निर्णय गरेको ज्ञावालीले बताउनुभएको हो । हिजो केही मन्त्रिहरुले असोज ५ गते देखि सञ्चालन गरिने भनेर आएका समाचारमा कुनै सत्यता नभएको भन्दै मन्त्रि ज्ञावालिले १ गते देखि नै सञ्चालन गरिने बताउनु भएको हो ।
सरकारले लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने छ ।
आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने भएको छ । लामो दुरीको यातायात सञ्चालन गर्दा सर्तअनुसार ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पङ्तीको सिटमा १ जनामात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्न मापदण्ड बनाएको छ ।

You can share this post!

म्याग्देलीहरुको साथी बन्दै मोना कतार, बाढीपहिरो पिडितहरुका लागि पहिलो चरणमा चाढे चारलाख सहयोग

मजदुरदेखि मालिकसम्म

Related posts