हिमाल आरोहण गरेर विश्वमा नै किर्तीमान राखेका म्याग्दीको अन्पुर्ण गाउँपालिका ३ दानाका निर्मल पुर्जाले गाउँकै स्वाथ्य चौकीमा स्वाथ्य सामाग्री सहयोग गर्नु भएको छ । कोरोना महामारी पछिल्लो समय ग्रामीण भेगमा फैलिदै गएपछी सो को नियन्त्रण गर्नका लागि पुर्जाले जन्मगाउँ दानामा रहेको स्वाथ्य चौकीमा स्वाथ्य सामाग्री प्रदान गर्नु भएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्या.डम.बहादुर गर्बुजा पुनले बताउनु भयो ।
पुर्जाले आफ्नै जन्मथलो दानामा रहेको स्वाथ्य चौकीमा रहेका स्वाथ्यकर्मीहरुको लागि १० सेट पिपिई, २५ थान के.एन. नाएन्टीफाइव माक्स, ५ सय पिस सर्जिकल माक्स, ५ पिस इक्जामिनेसन ग्लोब्स, २५ थान फेस सिल्ड, २ थान थर्मल गन र १ थान अक्सिजन कन्सनट्रेटर मेसिन लगाएतका स्वाथ्य सामाग्री प्रदान गर्नु भएको दाना स्वाथ्य चौकीले जनाएको छ ।
पुर्जाले सहयोग गर्नु भएको उक्त स्वाथ्य समाग्रीहरु गाउँपालिका अध्यक्ष पुन र दानाका वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाको रोहवरमा स्वाथ्य चौकीलाई हस्तान्तरण गरीएको थियो ।