दरबाङमा जातिय मुक्ति समाजको पालिका स्तरीय भेला सम्पन्न

म्याग्दी, ८ असोज । नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिको आयोजनामा म्याग्दीको मालिका गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको छ ।

बिहिबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा आयाजित भेलाले जंग बहादुर श्रीपालीको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा चित्र बहादुर बिश्वकर्मा, सचिवमा तम बहादुर सुनार र कोषाध्यक्षमा प्रतिक्षा बिश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा दुर्गलाल बिक, किस्मत बिक, याम बिक, रण बहादुर किसान, भुपेन्द्र नेपाली, छक प्रसाद सुनार, धन बहादुर बोहोरा लगाएत रहनु भएको जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य कुमार किसानले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एबँ संबिधान सभा सदस्य नवराज शर्माले कला, सिप, क्षमता र ज्ञानको भण्डार दलितहरुमा भएकाले यसको उचित मुल्याकंन एमालेले गर्ने बताउनुभयो । समाज परिवर्तन गर्नका लागि मुक्तिका आन्दोलनहरुमा अब सम्पुर्ण दलित समुदाय एक हुन आबश्यक रहको भन्दै शर्माले दलितका हक र अधिकारका निम्ती पार्टीले आबश्यक भुमिका निभाउने बताउनुभयो ।

त्यस्तै जातिय मुक्ति समाजका केन्द्रिय सदस्य एबँ गण्डकी प्रदेश इन्चार्ज पुस्कर बिकले दलितहरु शैक्षिक र आर्थिक क्षेत्रमा सक्षम हुन आवश्यक रहको बताउनुभयो । उहाँले राजनितिक आस्था र बिचार संग पनि आबद्ध हुँदै आफु र आफ्नो समुदायको बिकासमा महत्वपूर्ण कार्य गर्न नबगठित पालिका कमिटिलाई आग्रह गर्नुभयो ।

भेलामा नेकपा एमाले मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गबुर्जा, जातिय मुक्ति समाजका मालिका गाउँपालिका इन्चार्ज सोम बहादुर बिक, मालिका गाउँकार्यपालिका सदस्य गौमति चपाई लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

भेलाकै अवसरमा नेपाली कांगे्रसबाट ५ जना र माओबादी केन्द्रबाट ३ जनाले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरका जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक खरमाया बिटालुले जानकारी दिनुभयो । प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि शर्माले स्वागत गर्नु भएको थियो ।
भेला, संयोजक बिटालुको अध्यक्षता, भोज बहादुर थापा किसानको स्वागत र कुमार किसानको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

धौलागिरीमा भूपु सैनिक तथा प्रहरी संगठनको भेला सम्पन्न

एनआरएनए अध्यक्षमा म्याग्दीकी रविना थापाको उम्मेदवारी घोषणा

Related posts