लायन्स क्लव अफ बेनी सिटीको अध्यक्षमा बानियाँ

म्याग्दी । लायन्स क्लव अफ बेनी सिटीको अध्यक्षमा राजु बानियाँ निर्वाचित हुनुभएको छ । शुक्रबार बेनीमा सम्पन्न भएको नवौँ अधिवेशनबाट बानियाँ बर्ष २०२२–२०२३ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा अन्जीत खान, द्वितिय उपाध्यक्षमा तुलसीनाथ सुवेदी, तृतिय उपाध्यक्षमा लक्ष्मण कटुवाल, सचिवमा महेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा भिमनाथ शर्मा र कोषाध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरु दिपु श्रेष्ठ, सुविन श्रेष्ठ, कृष्णसिंह बानियाँ, अमित बानियाँ, मिलन बानियाँ लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाईका साथ शुभकामना व्यक्त गर्नुभएको थियो ।

आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्य र वातावरणको क्षेत्रमा सक्रियताका साथ सेवा गर्ने र सामाजिक गतिविधिहरु संचालन गर्ने योजना बनाएको नवनिर्वाचित अध्यक्ष बानियाँले बताउनुभयो ।

बेनी सिटीले म्याग्दी बालगृहमा रहेका एकजना बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप बार्षिक रु ३५ हजार उपलब्ध गराउँदै आएको छ । बिभिन्न समयमा आँखा शिविर संचालन, बृक्षारोपण तथा बिद्यालयहरुमा शैक्षिक सामग्रीहरु बितरण र बिपतको समयमा सहयोग गर्दै आएको क्लबले जनाएको छ ।

You can share this post!

जिल्ला बाल सञ्जालको अध्यक्षमा रोशन परियार निर्वाचित

गठबन्धन यथावत रहन्छः गृहमन्त्री खाँड

Related posts