पैसा किन्ने र बेच्ने मात्रै सहकारीको काम होइनः अध्यक्ष कार्की

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की बिखर्चीले पैसा किन्ने र बेच्ने मात्रै सहकरीको काम नभएको बताउनु भएको छ । शनिबार बेनीमा संचालित विश्वामित्र बचत तथा क्रृण सहकारी संस्था लि.को दशौँ बार्षिक साधारण सभा तथा चौँथो अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कार्कीले समाज रुपान्तरणमा सहकारीको भुमिका र योगदान महत्वपुर्ण हुने बताउनुभयो । गरिब, किसान, बिपन्न बर्ग र पछाडि परेको समुदायलाई माथी उकास्नका लागि सहकारीले लगानी गर्न आबश्यक रहेको बताउँदै अध्यक्ष कार्कीले महिलाहरुलाई क्रृण प्रवाह गरि उद्यमी बनाउने र सिप र क्षमताहुनेहरुलाई पनि लगानी दिइ स्वरोजगार बन्नतर्फ उन्मुख बनाउनु पर्नेमा जोड दिनुभयो । ‘सहकारीलाई सफल तरिकाले संचालन गर्नका लागि योग्यता र बिज्ञता दुबै कुराको आबस्यकता पर्दछ’ कार्कीले भन्नुभयो, “एउटा सहकारी बिग्रीयो भने त्यसको प्रत्यक्ष असर अरु सहकारीलाई पनि पर्ने हुँदा सहकारीका सञ्चालकहरु सचेत, जानकार र समर्पित हुनु पर्दछ” ।

कार्कीले कानून र ब्यबहारको तालमेल नमिल्दा कतिपय जमानीले क्रृणिको क्रृणभार बोक्नु पर्ने अबस्था सृजना भएको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गर्नुभयो । उहाँले सहकारी ऐनमा १४.७५ प्रतिशत ब्याजदरमा लगानी गर्न पाउने ब्यबस्था भएकाले सोही अनुसार कारोबार गर्न सम्पुर्ण सहकारीहरुलाई निर्देश गर्नुभयो ।

कार्यक्रममा बोल्दै सहकारीका निबर्तमान अध्यक्ष एबं बेनपा ६ का वडा अध्यक्ष कृष्ण सिं बानीयाँले सहकारीले बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई भावनात्मक रुपमा जोडेको भन्दै शेयर सदस्यहरुलाई समस्या परेका बेला सहकारीले महत्वपुर्ण सहयोग गर्दै आएको बताउनुभयो । २०६८ साल असोज ६ गते २५ जना शेयर सदस्यबाट जनही रु २५ हजारका दरले लगानी गरि स्थापना गरिएको सहकारीमा हाल ४५० जना सदस्य रहनु सहकारीको सफलता भएको बानीयाँले बताउनुभयो ।

कार्यक्रममा शेयर सदस्य एबँ नेपाली काँग्रेस म्याग्दीका सचिब क्या. मिन बहादुर कार्की, शेयर सदस्य एबँ राप्रपा म्याग्दीका अध्यक्ष बिर बहादुर थापा, सल्लाहकारहरुको तर्फबाट ऐकेन्द्र बहादुर रावल र शेयर सदस्यहरुको तर्फबाट देबि जिसीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन शत्रमा आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक प्रतिबेदन पस्तुत गर्दै कोषाध्यक्ष गीता बोगटीले गत आषाढ मसान्त सम्म ५४० जना सदस्य सहित सहकारीको शेयर पुँजी रु ३ करोड ३७ लाख ५३ हजार ८ सय रपैयाँ पुगेको जानकारी दिनुभयो ।

सहकारीले गत आबमा २ करोड ८२ लाख ७७ हजार ४ सय ९ रुपैयाँ कुल आम्दानी गरको छ । त्यस्तै २ करोड १७ लाख ५ हजार ५ सय ५० रुपैयाँ खर्च गरेको सहकारीले ६१ लाख १ हजार ८ सय ५८ रुपैयाँ बचत गर्न सफल भएको कोषाध्यक्ष बोगटी द्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ । सभाले उक्त आम्दानी र खर्चलाई पारित गरेको छ ।

साधारण सभाकै अबसरमा सहकारीका प्रबन्धक सरस्वती बानीयाँ खत्रीलाई सर्बोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । त्यसैगरि गत आबमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु पुर्ण बहादुर खत्री, सरिता कार्की, भोज बहादुर कार्की, दुर्गा बहादुर बानीयाँ, लक्ष्मी कुमारी कार्की र बाल बचत तर्फ उत्कृष्ट कारोबार गर्ने स्वरा बानीयाँलाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको सहकारीका सचिब तुलसी सापकोटाले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष याम बहादुर बानीयाँको अध्यक्षता, सचिब सापकोटाको स्वागत र उपाध्यक्ष भोज बहादुर रीजालको सञ्चालनमा सभाको उद्घाटन शत्र सम्पन्न भएको थियो । आज नै सहकारीको नयाँ कार्य समिति चयन हुने बताइएको छ ।

 

You can share this post!

गण्डकी प्रदेशको आम सञ्चार बिधेयक संसोधन गर्न माग

हिमाल आरोही पुर्जा द्वारा दानामा राहत बितरण

Related posts