जेसिजको उत्कृष्ट युवा पुरस्कारबाट खेलाडि कमला पुन सम्मानित

म्याग्दी । राष्ट्रिय भलिवल खेलाडि कमला पुन उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । पोखरामा आयोजित नेपाल जेसिजको ४८ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा बिहिबार पुन सम्मानित हुनुभएको हो ।

पुनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गर्नुभएको हो । म्याग्दी जेसिजको सिफारिसमा पुन नेपाल जेसिजले प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कार बाट सम्मानित हुनुभएको म्याग्दी जेसिजका अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताउनुभयो ।

म्याग्दीको रुममा जन्मिनु भएका पुन सानै उमेरदेखिनै भलिवल खेलमा रुचि राख्नुहुन्थ्यो । स्कुलले जिवन देखि नै उत्कृष्ट खेल प्रदर्शन गर्नु भएका पुनले छोटो समयमै भलिवल खेलमा धेरै उपलब्धि हाँसिल गरिसक्नु भएको छ ।

नेपालको राष्ट्रिय टिमबाट सहभागी हुँदै पुनले बंगलादेश, माल्दिब्स, भारत लगाएतका देशमा उत्कृष्ट खेल प्रदर्शन गरि नेपाललाई पदक दिलाउन सफल हुनुभएको छ । उहाँले गतबर्ष म्याग्दीलाई मुख्यमन्त्री कप जिताउन पनि सफल हुुुनुभएको थियो ।

यसअघि उत्कृष्ट खेल प्रदर्शन गरेरै ढोरपाटन क्लवको तर्फबाट स्कुटर पनि जिति सक्नुभएको छ । हाल नेपाल पुलिस क्लवको टिम क्याप्टेन पुन भलिवल खेल क्षेत्रमा निडर, साहसि र अनुशासित खेलाडिको रुपमा चिनिनुहुन्छ ।

You can share this post!

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश बिजयी

लिटिल गार्डेन एकेडमीले १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनायो

Related posts