कालिपुलका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा आर्थिक सहयोग

म्याग्दीको बेनी नगरपालिका–८ ,कालिपुल स्थित पहिरो पीडित परिवारलाई कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । कालिपुल स्थित कालिगण्डकी नदीमा मल्लाज भिरबाट खसेको पहिरोको कारण पीडित भएका आठ परिवारलाई नेपाली कांग्रेस म्याग्दीको विपद उपसमितिबाट
कांग्रेस म्याग्दीले यस अघि पनि जिल्लाका विभिन्न ठाउँका बाढी पहिरो पीडितलाई सहयोग गर्दै आएको छ । सभापति गर्बुजाले मध्यरातमा भएको अकल्पनीय घटना प्रति दुख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत स्वरुप आर्थिक सहयोग गरिएको बताउनुभयो । उहाँले पीडित परिवारको पुर्नवासको लागि पार्टीले थप पहल गर्ने समेत बताउनुभयो ।
तत्कालका लागि २२ हजार रुपैयाँ राहत सहयोग गरिएको वडा सदस्य तथा नेपाल तरुणदल म्याग्दीका कोषाध्यक्ष हिराबहादुर पुनले बताउनुभयो । उक्त रकम जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले वडा अध्यक्ष रामकृष्ण बराईली मार्फत पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

You can share this post!

कोकिन कारोबारीबाट नेपाली कलेजसमेत प्रयोग

पुस्तकालयद्धारा हिरासतमा रहेको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण

Related posts