बेनी नगरपालीकाको बिशेष नगरसभा, कर्मचारी बिद्येयक पारित

बेनी नगरपालीकाको बिशेष नगरसभा मंगलबार सम्पन्न भएको छ । बिशेष नगरसभाबाट स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मत रुपमा पारित भएको छ ।
नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा शुसासन समितिका संयोजक हिराबहादुर थापाद्धारा प्रस्तुत विद्येयक सर्वसम्मत रुपमा पारित भएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो । बिद्येयक पारित भएपछि बेनी नगरपालीकामा कार्यरत कर्मचारीहरुको तह समायोजन गर्ने ढोका खुलेको छ ।
स्थानीय निकाय सेवामा प्रवेश गरि हालसम्म स्थायी रुपमा कार्यरत कर्मचारीहरुको समायोजन नभएको र २०७४ सालदेखि विज्ञापन र बढुवा नहुँदा कर्मचारीको बृत्ति विकास अबरुद्ध भएको भन्दै नगरपालिकाले कर्मचारी समायोजन ऐन २०७५ को दफा ६ को उपदफा ४ समेतलाई आधार मानेर विद्येयक ल्याएको प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुबेदीले बताउनु भयो ।ण्
यसैबिच उक्त नगरसभामा आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा समेत गरिएको छ । गत आबमा सम्पन्न भएको योजना, कार्यक्रम तथा बजेट कार्यान्वयनको बिषयमा छलफल गरिएको हो । गत आर्थिक बर्षमा पुँजीगत तर्फ ८० दशमलब ०८ प्रतिशत र चालुतर्फ ८२ प्रतिशत बार्षिक प्रगति भएको अधिकृत सुबेदीले जानकारी दिनुभयो ।

You can share this post!

मेला महोत्सव बन्द, कलाकारहरुले आम्दानी गुमाए फुर्सदिला बने

अर्जुन लामाको हत्यामा संलग्न आरोपित सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्ने

Related posts