म्याग्दीको रघुगंगा गाउँपालिका ६ रायखोर बाट खसेको पहिरोको कारण राहुघाट नदी थुनिएको छ । नदि थुनिदाँ रायखोर र गौडामुनिको सिमानामा रघुगंगा नदी ताल परेको छ । गत पाँच गते खसेको पहिरोको कारण नदी थुनिएर ताल बनेको हो । गौडामुनिका स्थानीय मिथुन पाईजाले भन्नुभयो । ५ गते नै नदी करीब १० मिनेट जती सुकेको थियो तर पछि नदी ताल बनेर पहिरोले थुनिएको भागको क्षेउबाट बगेर गएको छ पाईजाले भन्नु भयो ।
रायखोर र मुलपानीको बिचभागमा रहेको पहिरो रघुगंगा नदिमा खसेको थियो । हाल पहिरो त चलेको छैन तर ताल भने निकै परेको देखिन्छ । नदी थुनिए पछि करीब ७ सय मिटर लामो ३ सय मिटर गहिरो ताल बनेको छ पाईजाले भन्नुभयो । पहिरोको कारण बनेको ताल फुटाउनु पर्छ, अहिले नदी तालको क्षेउ बाट बगेको छ र खासै जोखिम भएको छैन तर एकै पटक थुनिएको पहिरो नदीले खोल्यो भने रघुगंगा नदीको तटिय क्षेत्रमा भने जोखिम बढाँउँछ उहाँले भन्नु भयो ।
तस्बिर प्रदिप पाइजा