म्याग्दी उबासंघ र देबचुली उबासंघ विच भेटघाट तथा अन्तरक्रिया

म्याग्दी सदरुमकाम बेनीमा म्याग्दी उद्योग बाणिज्य संघ र देवचुलि उद्योग बाणिज्य संघ विच भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
संघको सभाहल बेनीमा गण्डकी प्रदेश भित्रका उवासंघहरुको अवस्था, प्रदेश भित्रका उवासंघ विच हुनु पर्ने एकता, उद्योगी तथा व्यवसायीहरुको कर प्रणालीमा सुधार हुनु पर्ने कुराहरु लगाएका विषयमा छलफल तथा अन्तरक्रिया भएको संघका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताउनु भयो ।


छलफल तथा अन्तरक्रिया कार्यक्रममा देवचुली उद्योग बाणिज्य संघको तर्फ बाट देवचुली उवासंघका अध्यक्ष रेशमलाल सापकोटा, निर्वतमान अध्यक्ष धर्मराज बरुवाल सहितको १९ जनाको टोलि र म्याग्दी उद्योग बाणिज्य संघको तर्फबाट संघका केन्द्रीय सदस्य कुबिरकुमार श्रेष्ठ पुर्व अध्यक्ष जिबनकुमार विश्वकर्मा कार्यवाहक अध्यक्ष राजेश शाक्य लगाएतका म्याग्दी उद्योग बाणिज्य संघ परिवारको सहभागिता रहेको थियो । कार्यक्रममा म्याग्दी उवासंघका कार्यवाहक अध्यक्ष राजेश शाक्यले देवचुली उवासंघका अध्यक्ष रेशमलाल सापकोटालाइ मायाको चिनो र सापकाेटाले शाक्यलाइ देवचली उवासंघकाे क्यालेन्डर साटासाट गर्नु भएको थियो ।

You can share this post!

रूम बेलीका ३३ बर्षीय खबहादुरकाे उपचारका लागी परिवारबाट सहयाेगकाे अपिल

नेपाली राजनीतीमा गाँठो परेको छ संग्रौला

Related posts