अध्यक्ष पुनद्धारा जन्मदिनको अवसरमा ओमकुमारी शान्ति कोषलाई सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले आफ्नो जन्मदिनको अबसर ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नु भएको छ ।
मानविय सेवाको क्षेत्रमा काम गर्ने उद्देश्य राखेर स्थापना गरीएको ओम कुमारी शान्ति कोष गरिब बिरामी अक्षय कोषमा अध्यक्ष पुनले रु १३ हजार रुपैयाँ अर्थिक सहयोग गर्नु भएको हो ।
पछिल्लो समय जन्म दिन मानउने नाममा अनावश्यक खर्च गर्ने चलन चलिरहेको बेला आफुले अनावश्यक खर्च कटाएर गरिब बिरामीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरीएको ओमकुमारी शान्ति कोषलाई सहयोग गरेको पुनले बताउनु भयो । जन्मदिन लागाएतका विभिन्न खुशीयालिहरुमा म्याग्दी बासीले शान्ति कोषलाई आर्थिक सहयोग गर्दै आएका छन् । अध्यक्ष पुन बाट प्राप्त भएको रकम गरिब बिरामी उपचारमा कोष मार्फत सहयोग गरीने कोषका अध्यक्ष राजेश शाक्यले बताउनु भयो ।

You can share this post!

थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

राहुघाट नदी थुनिएर ५ दिन देखि गौडामुनीमा ताल

Related posts