बालविकास केन्द्रका बारेमा सञ्चारमाध्यममा आएको समाचारप्रति बेनपा ६ को प्रेस विज्ञप्ति

भदौ ७ गते विभिन्न समाचार माध्यममा प्रकासित समाचार प्रति बेनी नगरपालिका ६ ले प्रेस विज्ञप्ती निकालेको छ । नेपानेको बालविकास केन्द्रमाथि वैधता र पारदर्शिताको प्रश्न’ उठाउँदै आएका समाचार माध्यमहरुको खण्डन गर्दै आफुहरुले प्रेस विज्ञप्ती निकालेको बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनु भयो ।
उहाँले विद्यालयको पहुँच भन्दा बाहीर रहेका बालबालिकाहरुलाई विद्यालयमा जाने वातवरण बनाउने उद्देश्य अनुरुप स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३, गाउँ तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत दफा १२ मा वडा समितिको काम, कर्तव्य र अधिकार (ग) को विकास कार्य २ नम्बर बुँदा ‘अनौपचारिक शिक्षा कार्यक्रम माथि टेकेर नेपानेको बालविकास केन्द्र सञ्चालन गरीए पनि समाचारमा अनर्थ लगाएको भन्दै कार्यालय मार्फत समाचारको खण्डन गर्दै विज्ञप्ती निकालीएको बताउनु भयो ।


वडा समितिले मिति २०७५ कार्तिक २७ गते बैठकमा नेपानेमा बाल स्रोतकक्षा सञ्चालन गर्ने निर्णय गरेका छ । त्यसैगरी २०७६ बैशाख १९ गते पुन वडा समितिको वैठकक बसी नेपानेको बालशिक्षा सहयोगीका रुपमा मनिषा दमैलाई नियुक्त गरी २०७६ साउन १ गतेदेखि नेपानेको बालविकास केन्द्रममा कक्षा सञ्चालन गरि आएको बेनी नगरपालिका ६ का वडा अध्यक्ष बानियाँले बताउनु भयो ।
यता बेनी नगरपालिकाका स्रोत ब्यक्ति जयराम सुबेदीले पहिला नेपाने नजिकै रहेको एक्ले पिपल प्राबि जामुनाखर्कमा मर्च गरीए पछि सो स्थानका बालबालिकाहरुलाई अध्ययन गर्नका लागि जामुनाखर्क आउन समस्या परेको कारण बेनी नगरपालिकाले योजना निमार्णगरी नेपानेमा बाल बिकास केन्द्र चलाएको बताउनु भयो ।

 

You can share this post!

मोना कतारको आयोजनामा बक्तृत्वकला प्रतियोगीता सुरु

दुधे खोलाका बाढी पिडितलाइ एमाले म्याग्दीद्धारा आर्थिक सहयोग

Related posts