मराङ्ग बाढीपहिरो पिडीतलाई मलम लगाउने मल्कवाङ्ग, पिडितलाइ मल्कवाङ्ग समाज अष्ट्रेलियाद्धारा सहयोग रकम संकलन

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ्गमा गत असार २५ गते गएको बाढी पहिरो का कारणा पिडित भएका परीवारहरूलाइ सहयाेग गर्ने उद्देश्यले मल्कवाङ्ग अष्ट्रेलिया समाजले सहयोग रकम संकलन गरेको छ । रोजगारी तथा अध्ययनको शिलसिलामा अष्ट्रेलियामा गएका मल्कवाङ्ग बासीहरु बाट मल्कवाङ्ग अष्ट्रेलिया समाजका कार्यवाहक अध्यक्ष धनबहादुर छन्त्यालको संयोजकत्वमा १ लाख १ सय ९० रुपैयाँ सहयोग संकलन गरीएको हो ।संकलन गरिएको रकम छन्त्याल संघ काँस्कीका दिप प्रारम्भिक कमिटी अध्यक्ष देवेन्द्र छन्त्यालको खातामा जम्मा गरीएको छ । त्यसै गरी यस भन्दा अगाडि पनि समाजले संकलन गरेकाे रकम अष्ट्रेलियमा रहेका धवलागिरी वासीहरुको समुह जलजला समुहको खातामा पनि ७८ हजार ५ सय १८ रुपैयाँ पिडहरुलाई उपलब्ध गराउने भनेर संकलन गरेकोे छन्त्यालले बताउनु भयो ।
अन्य मुलुकहरु बेलायत, जापान, कतार, साउदि, मलेस्सीया, दुवै, कुवेत लगाएतका अन्य खाडिमुलुकामा पनि रकम संलन गरीएकाले सबै रकम संकलन गरी एक मुष्ट, वडा कार्यालय को समन्वयमा समाजका प्रतिनिधिको रोहवरमा वितरण गरिने समाजसेवी रविन छन्त्यालले बताउनु भयो ।
बढी पहिराेका कारण अलपत्र मराङ्ग बासी तथा ब्यपत्ताहरूकाे खाेजि कार्य गर्न  २५ र २६ गते सेना र प्रहरी  माैसम प्रतिकुलकाे कारणाले पुग्न नसकेकाे ठाउँमा  राहत उदार कर्याको लागि मल्कवाङ्गमा रहेको सनलाइट युवा कल्बका ४०/५० जना युवाहरूकाे टिमले  क्षतिग्रस्त क्षेत्रमा पुगेर कुशलता पूर्वक उद्दार गरेका थिए । यसरी मराङ्ग बाढी पहिराे पिडितलाइ मल्कबाङ्गले मलम लगाउँदै अाएकाे छ ।

You can share this post!

सर्वोच्चको आदेश ओम्नी समूहलाई कालोसूचीमा राख्ने निर्णय यथास्थिति राख्न

यस बर्ष पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट मात्रै ५ करोड भन्दा बढी रकम कृषकलाई अनुदान बितरण गरिने

Related posts