नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल मंगला गाउँपालिका कमिटीको आयोजनामा मंगलाको अर्मनमा आइतबार युवाहरुको भेलाले १०७ सदस्यीय युवा संघ र ५७ सदस्यीय युथ फोर्स गठन भएको छ । भेलाले किशोर कंडेलको अध्यक्षतामा १०७ सदस्यीय युवा संघ नेपाल अर्मन वडा कमिटी गठन गरेको हो । समितीको उपाध्यक्षमा दुर्लब सुबेदी, सचिवमा कुलबहादुर फगामी, सह–सचिवमा दिसान्त थापा, कोषाध्यक्षमा मनबहादुर खत्री र सदस्यहरुमा दिनेश खत्री, प्रकाश बिक, अनित बुढाथोकि, कृष्ण बहादुर थापा, शिशिर फगामी, तेजिन्द्र रोका लगाएतका १०७ सदस्सिय समिति रहेको छन् । त्यसैगरी भेलाले होम बहादुर बुढा संयोजक र प्रविन थापा सह–संयोजक रहेको ५७ सदस्सिय युथ फोर्स समेत गठन गरेको युवा संघ नेपाल म्याग्दीका सचिवालय सदस्य सुजत बुढाथोकीले बताउनु भयो ।
युवाहरुको भेलालाइ सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले युवाहरु अब एमालेमा आबद्ध हुनुको बिकल्प नरहेको बताउनु भयो । उहाँले जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमालेको ओली सरकारले धेरै काम गरेको बताउनु भयो । राष्ट्र र राष्ट्रियता पक्षमा काम गर्ने सरकारलाइ हटाएर अदालतले गठबन्धनको स्वार्थको सरकारलाइ परमादेशबाट जारी गरेको भन्दै देश बिकासका लागि पुन एमालेको दुई तिहाइको सरकार ल्याउने युवाहरुमा जिम्मेवारी थपीएको बताउनु भयो । उहाँले सरकार बनेको द्रोस्रो दिन नै लालिता निवास प्रकारणका मुख्य दोसी अदालतबाट धरौटिमा रिहाइ हुनु, ठुला माछाहरुले सफाइ पाउनु, एक महिना वितिसक्दा पनि मन्त्रि मण्डल गठन गर्न नसक्नु, नियुक्ति गरेका मन्त्रिहरु पनि माफिया चरित्र बोकेका हुनुले यो सरकार स्वार्थको गठबन्धनको सरकार रहेको प्रमाणीत गरेको बताउनु भयो ।
भेलामा पालिका अध्यक्ष रोका, अर्मनका वडा अध्यक्ष भुपेन्द्र बहादुर खत्री, एमाले जिल्ला कमिटी सदस्य याम थापा, युवासंघ नेपाल म्याग्दी उपाध्यक्ष तथा युथ फोर्स संयोजक विजय घर्तिमगर, युवा संघ नेपाल सचिवालय सदस्य सुजत बुढाथोकी, साजन जिसी, अनेरास्ववियु म्याग्दीका सचिवालय सदस्य सिजन रोका, अनेरास्ववियु जिल्ला सदस्य खुम किसान लगाएको उपस्थिती रहेको थियो ।
युवा संघ नेपाल मंगला गाउँपालिका कमिटीका अध्यक्ष दिलिप बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका कमिटी सचिव कुमार किसानले सञ्चालन र जिल्ला कमिटी सचिवालय सदस्य सुजत बुढाथोकीले स्वागत गर्नु भएको थियो ।