बेनीमा माग्नेको आतंक

म्याग्दीको बेनीमा पछिल्लो समय माग्नेको आतंक बढेको छ । सदमुकाम बेनीमा पछिल्लो तिन दिनमा समुहमा आएका माग्नेहरुले बेनी बजार भित्र रहेका ब्यवसायी तथा यात्रुहरुलाइ मागेरै दुख दिन थालेको बेनीको हुलाकचोकका नरेश मोवाइल सेन्टर सञ्चालक नरेश श्रेष्ठले बताउनु भयो ।


  • पछिल्लो समय बजारमा महिलाहरु बच्चा सहित आएर घरमा आमा, बाबा, दाजु वा अरु कुनै आफन्तको उपचारमा समस्या भै रहेको भन्दै सर्लाही, बारा, पर्सा जस्ता जिल्लाको वडा कार्यालय बाट बनाईएको अपिल सहितको सहयोग पत्र ल्याएर माग्नेले दुख दिन थालेका हुन् । अहिले बजारमा यसरी माग्ने १५ भन्दा बढी समुह सक्रिय रहेको देखिन्छ । नेपाली समेत गतिलो सँग बोल्न नजान्ने उनिहरु कसैलाइ घर पर्सा बताउँछन् त कसैलाई सर्लाही । तर उनीहरुले बोल्ने भाषा हिन्दी र मराठी रहेका कारण कतीपयहरु माग्ने नै पेसा ब्यवसाय बनाएका भारतीय मुलका नागरीक हुन् भन्ने अनुमान रहेको छ ।

  1. अझै उनीहरुले बजारमा सहयोग गर्नेहरुले दश बिस रुपैयाँ वा पैसा बाहेक अन्य खानेकुरा सहयोग गरे भने धेरै रकम नदिएको भन्दै मुखमा आएको बोल्ने गरेका छन् । यती सम्मकी बजारमा हिड्नेको हातमा नै समातेर पैसा नदिए सम्म छोड्दै छोड्दैनन् । काम गर्नको अल्छीले मागेर हिडेका हुन् वा साच्चीकै माग्न नै पर्ने अवस्था आएको कारण माग्न हिडेका हुन् भन्ने नियमन गर्ने निकाय नहुँदा बजारमा पछील्लो समय माग्नेको आतंक बढेको हो ।

  2. जिल्लामा कोरोना महामारी बढीरहेको बेला मुखमा माक्स समेत नलगाई बिभिन्न ठाउँ बाट आउने मगन्तेहरुको कारण बजार भित्र संक्रमणदर समेत बढ्दै जाने सम्भावना देखिएको छ ।

 

You can share this post!

धवलागिरी गाउँपालिका ७ बादिकाको भिरमा जिप दुर्घटना एकको मृत्यु ८ जना घाईते

एसएसबीको ज्यादतीका बिरुद्ध विप्लव निकट जनबर्गीय संगठनहरुको म्याग्दीमा बिरोध प्रर्दशन

Related posts