म्याग्देली जनताको अपार माया एमालेलाई छ त्यसैले हामीले चुनाव जित्छौँः नेता थापा

म्याग्दी । नेकपा एमालेको चुनाव प्रचार प्रसार अभियान सम्पन्न भएको छ । यहि मंसिर ४ गते आईतवार सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारसहित चुनावी प्रचारमा जिल्लाभर अभियान संचालन गरेको नेकपा एमालेले आज बेनी नगरपालिका –४ को विभिन्न स्थानमा सभा, तथा घरदैलो कार्यक्रम आयोजना गरि चुनावी अभियान सम्पन्न गरेको हो । तातोपानीमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रियस सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले म्याग्देली जनताको साथ र समर्थन नेकपा एमालेलाई रहेकाले तीनवटै उम्मेदवारको जित सुनिस्चित भएको दावी गर्नुभयो ।

२०७० र २०७४ मा लगातार दुइपटक चुनाव जितियो त्यो म्याग्देली आम जनताकै मायाले सम्भव भएको हो, थापाले भन्नुभयो ‘फेरी अहिले पनि हामीले नै चुनाव जित्छौँ किनकी जनताको साथ एमालेलाई नै छ’ । चुनावी अभियानमा जिल्लाका विभिन्न ग्रामिण भेगमा जनताहरुले जिल्लाको विकास, समृद्धि र परिवर्तनका लागि एमालेमाथि ठुलो आशा र भरोसा राखेको पाईएको नेता थापाको भनाई छ । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले आफ्नो पाँच बर्षे कार्यकालमा जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, पुल, नदि तथा बस्ती संरक्षण लगायतका क्षेत्रमा उल्लेख्य कामहरु भएको बताउनुभयो ।

जनताको गुनासो पनि हामीलाई, माया पनि हामीलाई, विश्वास र भोट पनि हामीलाई, त्यसैले मंसिर ४ एमाले सरकार निश्चित छ, थापाले भन्नुभयो । राष्ट्र र राष्ट्रियताको पक्षमा गठवन्धन नभएको भन्दै खाली नेकपा एमालेलाई हराउने मात्र एजेन्डा लिएर चुनावमा उत्रिएकाहरुबाट देशको विकासको आशा जनताले कसरी राख्न सक्छन? थापाले प्रश्न गर्नुभयो ।

एमालेसंग त समृद्ध नेपालः सुखी नेपाली बनाउने संकल्प छ, राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था संचालन गर्ने, राष्ट्रिय पुँजी निर्माण, आत्मनिर्भरता र मुलकको समृद्धिको खाका कोरेको छ, थापाले भन्नुभयो तर गठवन्धनसंग स्वार्थ, अस्थितरता, सत्ता प्राप्तीको मोह, राज्यसंयन्त्रको दुरुपयोग, अर्थतन्त्रको दोहन परनिर्भरता त्यो बाहेक अरु भिजन केही पनि नभएको आरोप लगाउनुभयो ।

नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले छोटो समयको चुनावी प्रचार अभियानमा जिल्लाबासीहरुको सकरात्मक प्रतिक्रिया पाएको भन्दै जनताको अपार माया एमालेलाई भएकाले निर्वाचन ढुक्क संग जित्ने दावी गर्नुभयो । अभियान समापनकै अवसरमा उम्मेदवार श्रेष्ठले सवै म्याग्देलीलाई मंसिर ४ गते सूर्य चिन्हमा भोट गर्न पुन एकपटक हार्दिकताका साथ अनुरोध गर्नुभयो ।

म निरन्तर म्याग्दीबासी बाबाआमा, दिदीबहिनी, दाजुभाईहरुको सुख दुखमा सारथी बनिरहेकै छु, र आगमीदिनमा पनि जिल्लाबासीको समस्यामा संगै हुनेछु, श्रेष्ठले भन्नुभयो । तातोपानी कुण्डलाई स्वास्थ्य पर्यटन हवको रुपमा विकास गर्दै लैजाने र थप पूर्वाधारको निर्माण गरि धेरै भन्दा धेरै विरामीहरु र पर्यटकहरुलाई आकर्षित गर्ने योजना अगाडी सार्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
‘गठवन्धनका उम्मेदवार साथीहरुले दुई दुई पटक एमालेले जित्यो अव त हामीले जित्नु पर्छ भनेर भाषण गरिरहनुभएको छ तर मैले भन्छु एमालेले जित्नुभनेको कुनै एउटा पार्टीले मात्रै जित्नु होइन, यो जित त सम्पूर्ण म्याग्दीबासी जनताहरुको हा’, श्रेष्ठले भन्नुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा (क) का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले जिल्लामा उमालेको पक्षमा जनलहर देखेर विपक्षीहरु अत्तालिएको बताउनुभयो । प्रदेश निर्वाचन क्षेत्रका तीनवटै पालिकामा भएका चुनावीसभाहरुमा जनताको उत्साहजनक उपस्थितिले एमालेको पक्षमा राम्रो मत आउने निश्चित भएको बताउनुभयो ।

मैले शिक्षकको पेशा छोडेर जनताको सेवा गर्ने चाहना बोकेर राजनीतिमा आएको हुँ, अनुभव छ, क्षमता छ, सपना र संकल्पहरु प्नि छन, म परा गरेरै छाड्नेछु उम्मेदवार कटुवालले तातोपानीको चुनावीसभा तथा घरदैलो अभियानमा भोट माग्दै जनतालाई भन्नुभयो, ‘हजुरहरुको अमूल्य मत खेर जान दिने छैनौँ, भोट पाएपछि जनता विर्सने एमालेको बानी छैन र छैन हरिकृष्ण जी र मेरो पनि’ ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेदवार याम बहादुर गर्वुजाको टोलीले पनि पश्चिम म्याग्दीको विभिन्न स्थानमा घरदैलो गरि मतदाता भेटघाट गरेको जनाईएको छ । उम्मेदवार गर्वुजाले मंसिर ४ गते जिल्लाको विकास, समृद्धि र परिवर्तनका निम्ती सूर्य चिन्हमा मतदान गरि आफुलाई विजयी बनाउन प्रदेश ख क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई विनम्रताका साथ अनुरोध गर्नुभएको छ । विहिबार राती १२ बजेदेखि मौनअवधि सुरुहुने हुँदा चुनावी प्रचारप्रसारको सम्पूर्ण कार्यक्रमहरु समापन गरिएको नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

You can share this post!

तातोपानीमा एमालेको चुनावी सभाः ‘विकासको आन्दोलन गर्न एमालेलाई जिताउनुहोस्’– उम्मेदवार श्रेष्ठ

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने

Related posts