मतिचौरमा १०८ भन्दा बढी मुहानबाट पानी संकलन गरेर १०८ धारा निर्माण

म्याग्दीको उत्तरी धार्मीक तथा पर्यटकीय क्षेत्र अन्नपुर्ण गाउँपालिका ३ दानाको मतिचौरमा १०८ धारा निमार्ण गरीएको छ । जनै पुर्णिमाको अवसरमा पुजा आराधाना गरिने मतिबराह क्षेत्रलाई धार्मीक प्रर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि उक्त क्षेत्रमा रहेको १०८ भन्दा बढी पानीको मुहानबाट पानि संकलनरी एक सय आठ धारा निमार्ण गरीएको हो । मति बराह हुदै रुप्से झरनाको मुहानमा रहेको कालि बराहलाई विकास गर्ने स्थानीयहरुको मुख्य उद्धेश्यका साथ मन्दिर सँगै १०८ धारा निमार्ण गरीएको स्थानीय अगुवा बेलबहादुर पुर्जाले बताउनु भयो ।
मति बराहमा जनै पुर्णीमाको अवसरमा पुजा गरि बरदान मागेमा मागेको बरदान पुरा हुने जन विश्वास रहेकाले सो क्षेत्र लाई धार्मीक प्रर्यटकीय क्षेत्रका रुपमा विकास गर्नकालागी लक्ष्मीनारायणको मन्दिर र १०८ जलधारा निमर्ण गरीएको मतिचौर बराहथान १०८ धारा निमार्ण समिती सचिव गंगा पुनले बताउनु भयो ।


अन्नपुर्ण गाउँपालिकाको ८ लाख, पोखरा, काठमाडौं सहित विश्वका विभिन्न देशमा बस्ने दाना बासीहरुको करीब ११ लाख र स्थानीयहरुको ३ लाख बराबरको जनश्रमदानमा मन्दिर सहित १०८ धारा निमार्ण गरीएको समिती अध्यक्ष गंगा बहादुर थापाले बताउनु भयो ।
समुन्द्रि सतह देखि करिब २२ सय मिटर उचाईमा रहेको उक्त मतिचौर क्षेत्रमा हाल दानागाउँ बाट करीब २ घन्टाको पैदल हिडेर पुग्न सकिन्छ । मति बराहमा पुजा आजा गरी मागेको बरदान पुरा हुने जनविश्वास अनुसार अहिले स्थानीयहरु मतिचौर क्षेत्रलाइ धार्मीक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकालागि लागी परेका छन् । सो क्षेत्रबाट सुन्दर रुप्से झरनाको मुहान, कालिबराह क्षेत्र र धौवलागिरी ब्यस क्याम्म जान पनि सकिन्छ । हाल दानाको फगाम द्धारी हुदै मतिचौर बाट धौवलागिरी ब्यसक्याम्प जाने रुट समेत निमार्ण गरी स्थानीयहरु मति बराहको प्रचार प्रसारमा समेत जुटेका छन् ।

You can share this post!

ठाकुर र यादव समूहले निर्वाचन आयोगलाई भने– हामी सँगै बस्न नसक्ने भयौं, अलग गरिदिनुस्

मंगला ५ छिसबाङमा खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

Related posts