म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ७ मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ ।
सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो । त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा थापालाई उम्मेदवार बनाउने निर्णय गरको नेकपा एमाले बनी नगरकमिटी अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।
१ जना खुल्ला सदस्य र दलित महिला सदस्यको उम्मेदवार भने पछि चयन गरिनेछ । अध्यक्षको उम्मेदवार श्रेष्ठले बेनपा ७ को बिकास र समृद्धिका लागि थप सक्रियताका साथ काम गर्ने प्रतिवद्धताका साथ पार्टीले दिएको जिम्मेवारीलाई वहन गरको बताउनुभयो ।
साथै उहाँले अमूल्य मत प्रदान गर्न पनि बेनपा ७ का सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।
श्रेष्ठले आफ्नो ५ बर्षीय कार्यकालमा बाँकी रहेका कार्यहरुलाई उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने गरि चुनावी मैदानमा उत्रिएको बताउनुभयो । बैठकमा नगरकमिटी तथा जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।