बेनी अस्पताललाइ गोर्खा सेमेस्ट्री ट्रष्टको समन्वयमा २ वटा सिपाइप सहयोग

म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पताललाइ २ वटा प्रोटेवल सिपाइप सहयोग प्रदान भएको छ । कोरोनामहामारीका कारण पछिल्लो समय नेपालमा उपचारको अभावमा विरामीहरुले ज्यान गुमाउन थालेको समाचारहरु बाहीर आउन थाले पछि हङकङमा बसोबास गर्ने दुई नेपाली समाजीक अभियान्ता युकेस राई र सन्जय राईले गोर्खा सेमेस्ट्री ट्रष्ट मार्फत हङकङमा आर्थिक संकलन गरी नेपाल सरकारको स्वाथ्व विभागको समन्वयमा विभिन्न सरकारी अस्पतालमा ५० वटा सिपाइप सहयोग गर्ने अभियान सञ्चालन गरेकोे र सोही अभियान अन्र्तगत बेनी अस्पताललाइ २ वटा सिपाइप सहयोग प्रदान गरेको गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्रकुमार राई बताउनु भयो ।
सोही अभियान अन्तर्गत ट्रष्टले बेनी अस्पताल सहित नेपाल सरकारको स्वाथ्य विभागलाइ ५ वटा सिपाइप सहयोग प्रदान गरीसकेको छ । ट्रष्टले बाँकी ४३ वटा भेन्टीलेटर अन्य सरकारी अस्पतालमा सहयोग प्रदान गर्ने छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक स्यामकुमार राईको संमन्वयमा सरकारी अस्पतालमा सिपाइपको सहयोग अभियान अन्तर्गत पहिलो पटक बेनी अस्पताललाइ दुईवटा सिपाइप आफुहरुले सहयोग गरेर अभियानको शुरुवात गरेको ट्रष्टका अध्यक्ष राईले बताउनु भयो ।
बेनी अस्पतालमा एक अनौपचारीक कार्यक्रमको आयोजना गरी ट्रष्टले जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख सहित जिल्ला समन्वय समितीका प्रमुख देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरीकुमार श्रेष्ट लगाएतको रोहवरमा बेनी अस्पताल परीवारलाइ उक्त सिपाइप हस्तान्तरण गरेको थियो ।

You can share this post!

सुनसान मुस्ताङ, कोभिडकै कारण होटल व्यवसाय धरासायी बन्दै

राष्ट्रिय युवा संघले कोरोना नियन्त्रण गर्न देशव्यापी रुपमा स्वएमसेवक परिचालन गर्ने

Related posts