घार र अर्मनमा गंगा जिसी फाउण्डेशनको स्वाथयसामाग्री सहयोग

मानविय सेवामा काम गर्ने उद्देश्यका साथ स्थापना भएको गंगा जिसी फण्डेशन र सुदिप मेमाेरीयल ट्रष्ट ले बुधबार अन्नपुर्ण गाउँपालिकाको घारा र मंगला गाउँपालिकाको अर्मनमा स्वाथ्य समाग्री सहयोग गरेको छ । कोरोना संक्रमण जिल्लामा नियन्त्रण भन्दा बाहीर गए पछी कोरोना संक्रमणबाट बच्नका लागि फाण्डेशन मार्फत जिल्लाका विभिन्न स्थानहरुमा स्वाथ्य सामाग्री सहयोग गरिदै आएको फाण्डेशनका सदस्य दिनेश केसीले बताउनु भयो ।
उहाँले घारामा माक्स दुइ हजार पिस, हात धुने साबुन ४ सय पिस, घारा प्रहरी चौकिमा सेनिटाइजर सहित एक सय पिस माक्स, घारा स्वाथ्य चौकिमा दुइ सय, तिप्लाङ्ग प्रहरी चौकिमा एक सय र गलेश्वर प्रहरी चौकिमा एक पिस माक्स वितरण गरीएको उहाँले बताउनु भयो । त्यसैगरी मंगला गाउँपालिका ५ अर्मनमा माक्स र्दुहजार पाँच सय पिस, साबुन पाँच सय पिस, वडा कार्यालयमा एक सय पिस माक्स र दश पिस सेनीटाइजर वितरण गरीएको उहाँले बताउनु भयो ।

अर्मनमा फाण्डेशनका प्रतिनीधि सहित मंगला गाउँपालिकाको उपाध्यक्ष सिर्जना केसी र घारामा जेसिजका केन्द्रीय उपाध्यक्ष सुजन बरुवाल सहित घाराका वडा अध्यक्ष कृष्ण प्रसाद बरुवालको उपस्थितीमा स्वाथ्य सामाग्री हस्तान्तण गरीएको फाउण्डेशनका अध्यक्ष नारायण जिसीले बताउनु भयो । उहाँले फाउण्डेशन मार्फत गरिब परिवारका नागरीक लाइ राहात पु¥याउने उद्देश्यका साथ निशुल्क एम्बुलेन्स् सेवा समेत सञ्चालन ल्याएको बताउनुभयो।

You can share this post!

रघुगंगामा जनप्रतिनीधी र ठेकेदारको मिलोमतोमा नितीगत निर्णय गरी कालिगण्डकी नदी दोहान

बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

Related posts