विरामी अस्पतालमा पु¥याएर फर्किदै गरेको मंगला गाउँपालिकाको गाडि तोडफोड

शनिवार राती कोरोना संक्रमीत विरामी लाइ यातायात सेवा दिन प्रयोग गरीएको मंगला गाउँपालिकाको गाडि तोडफोड भएको छ । मंगला गाउँपालिका कै एक कोरोना संक्रमित विरामीको स्वाथ्य अवस्थामा समस्या भए पछि सदरमुकाम बेनी स्थीत बेनी अस्पतालमा पु¥याएर मंगला गाउँपालिकाको कार्यालयमा फर्किदै गरेका ग १ झ ४१६ नम्बरको गाउँपालिकाको गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक स्याम कुमार राईले बताउनु भयो ।


गाउँपालिकाका चालक रामु गीरी र मंगला गाउँपालिकाका स्वाथ्य संयोजक लेखनाथ रोका विरामीलाइ बेनी अस्पतालमा पु¥याएर फर्किदै गर्दा मंगला गाउँपालिका २ सिमचौरमा सोही स्थानका स्थानीय बासीन्दा ३५ बर्षीय रमेश बाँनिया र २६ बर्षिय जिवन बाँनियाले गाडिमा आक्रमण गरी तोडफोड गरेको प्रनाउ राईले बताउनु भयो । उनिहरुले गाडि माथि आक्रमण गर्नुका साथै गाडिका चालक गिरी माथि समेत आक्रमण गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित कर्मचारीले प्रयोग गर्ने गरेको उक्त गाडि पालिका भित्र कोरोना माहामारीका विरामी बोक्न अस्थाई एम्बुलेन्स्का रुपमा सञ्चालनमा ल्याईएको थियो । सोही गाडी मार्फत पालिकाले कोरोनाका विरामी लाइ अस्पताल पु¥याउँदै आएको मंगला गाउँपालिकाको उपाध्यक्ष सिर्जना केसीले बताउनु भयो । गाडि तोफोड गर्ने दुवै जनालाई नियन्त्रणमा लिई घटना माथि थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

बेनी नगरपालीकाको ८ वटा वडामा स्वाथ्य सामाग्री सहयोग

पाैडेलले गरे जन्मदिनको अवसरमा बेनी अस्पतालका स्वास्थ्यकर्मीलाइ सहयाेग

Related posts