गण्डकी प्रदेश स्तरीय कबड्डीमा म्याग्दी प्रथम

म्याग्दी । पोखरामा जारी ११ औँ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगीता अन्तर्गत महिला कबड्डी खेलमा म्याग्दी जिल्लाले प्रथम स्थान हाँसिल गरेको छ ।

पोखरामा सम्पन्न भएको प्रतियोगीतामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगीताको च्याम्पीयन बनेको हो । यसअघि विहिबार सम्पन्न भएको सेमिफाइनलमा स्याङ्जालाई १६–५० ले पराजित गरेको थियो ।

कबड्डीको महिलातर्फको खेलमा म्याग्दीले उद्घाटन खेलमै कास्कीलाई ८०–३० ले पराजित गरेको थियो । प्रतियोगीतामा महिलातर्फ प्रदेशमै कास्कीलाई उपाधीको दावेदार मानियपनि म्याग्दीसंग फराकिलो अन्तरले पराजित भएको हो ।

म्याग्दी कबड्डी संघका अध्यक्ष राजकुमार परियारले महिला कबड्डी खेलमा स्वर्ण पदक जित्न गरिएको प्रयास सफल भएको बताउनुभयो ।

प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी सहितको टोलीको उपस्थिति रहेको थियो । यसैविच महिला भलिबलतर्फ म्याग्दी तेस्रो भएको छ । पुरुष भलिबलमा भने म्याग्दी समूह चरणबाटै बाहिरिएको थियो ।

You can share this post!

मालिका गाउँपालिकाको दरबाङमा कानुनी सचेतना कार्यक्रम

अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

Related posts