छाप युवा क्लव द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन तथा बृद्धहरुलाई न्यानो कपडा बितरण

म्याग्दी । बेनी नगरपालिका ६ छाप स्थित छाप युवा क्लवले संचालन गरेको निशुल्क स्वास्थ्य परिक्षण शिबिरमा १५० जनाले स्वास्थ्य जाँच गराएका छन । सोमबार क्लवको खेलमैदानमा आयोजित शिविरमा ब्लड प्रेसर र सुगरको निशुल्क जाँच गरिएको हो ।

बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच गरि औसधि बितरण तथा आबश्यक परामर्श दिएका थिए । त्यस्तै दीपावली पर्व २०७८ को अवसरमा आयोजित पाँचौ छाप मेलाको उद्घाटन गरिएको छ । मेलाको उद्घाटन समारोहको अवसरमा स्थानीय ४० जना जेष्ठ नागरिकहरुलाई जाडोका लागि न्यानो कपडा र हर्लेक्स बितरण गरिएको क्लव अध्यक्ष मिलन जिसीले बताउनु भएको छ ।

सोमबार देखि सुरु भएको मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन गरिने भएको छ । ३ दिन सम्म संचालन हुने कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने क्लवका वरिष्ठ उपाध्यक्ष सुमन जिसीले बताउनुभयो । मास्क र स्यानीटाइजरको अनिबार्य प्रयोग गर्ने गरि स्वास्थ्य सामग्रीको क्लवले नै ब्यबस्था गरेको छौँ, जिसीले भन्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बेनपा ६ का वडा अध्यक्ष कृष्णसिं बानीयाँले निशुल्क स्वास्थ्य परिक्षण र जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरि क्लवले उदाहरणीय सामाजिक कार्य गरेकोमा प्रशंसा गर्नुभयो । अध्यक्ष बानीयाँले कोरोनाको जोखिम कायमै रहकाले स्वास्थ्यको मापदण्ड पालना गर्दै ब्यबस्थित तरिकाले कार्यक्रम सम्पन्न गर्न क्लवलाई अनुरोध गर्नुभएको छ ।

खेलकुद तथा कला संस्कृतिको बिकासमा क्लवको भूमिका महत्वपूर्ण हुने भन्दै बानीयाँले सामाजिक सेवामा पनि सक्रिय हुनुपर्ने बताउनुभयो । सबै प्रकारका सामाजिक विभेदको अन्त्य गर्ने अभियानमा लाग्ने, युवाहरुलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने, सचेतना फैलाउँदै सामाजिक सद्भाव कायम गर्ने जस्ता गतिविधिहरु क्लवले नियमित संचालन गर्नुपर्ने र त्यसमा आफ्नो र वडाको तर्फबाट सधै सहयोग हुनेमा अध्यक्ष बानीयाँले जोड दिनुभयो ।

तिन दिने सम्म संचालन हुने कार्यक्रममा पुरुष भलिवल, लठो, अन्धनिसान, भाले छुने लगाएतका प्रतियोगीताहरु आयोजना गरिने छ । त्यस्तै कार्यक्रममा चर्चित लोक दोहोरी गायक प्रकाश दुतराज, गायक एवँ मोडल देबेन्द्र बब्लु, लोक दोहोरी गायक धु्रव जिसी, रवि कार्की, मिलन विश्वकर्मा लगाएतका कलाकारको विशेष सांगीतिक प्रस्तुती रहने सांस्कृतिक संयोजक भुपेन बानीयाँले जानकारी दिनुभएको छ ।

You can share this post!

म्याग्दीका स्थानीय तह र विषयगत कार्यालयको बार्षिक समिक्षा

समाचारको भेरिफाई गरेर बाहिर ल्याएमा प्रेस र पत्रकारिताको गरिमा माथि उठ्छ मन्त्री पौडेल

Related posts