बेनी नगरपालीकाको ८ वटा वडामा स्वाथ्य सामाग्री सहयोग

मानविय सेवाको क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको गंगा जिसी फाउण्डेशन र सुदिप रावल मेमोरियल ट्रष्टले कोरोना माहामारी नियन्त्रण गर्नका लागि बेनी नगरपालिका भित्रको ८ वटा वडामा दुई लाख रुपैयाँ बराबरकाे २० हजार सर्जिकल माक्स र ४ हजार बराबरकाे हात धुने साबुन सहित स्वाथ्य सामाग्री सहयोग गरेको छ ।


नगपालिकाको ८ वटा वडा भित्र रहेका सबै घर धुरी संख्यामा ५ थान माक्स, एक थान साबुन र जिल्लाको नाकामा रहेका प्रहरीको सुरक्षाका लागि दुई सय थान माक्स सहित ५ लिटर सेनिटाईजर सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष नारायण जिसीले बताउनु भयो ।
शनिवार बेनी नगरपालिकाको १, २, ३, ४, ५, ६, ९ र १० नम्बर वडामा फउण्डेशन र ट्रष्टका प्रतिनीहरुले वडा कार्यालयका वडा अध्यक्ष सहित जनप्रतिनीधिलाइ स्वाथ्य सामाग्री हस्तान्तरण गरीएको स्वाथ्य सामाग्री हस्तान्तरण कार्याक्रमका संयोजक दिनेश केसीले बताउनु भयो ।


नगरपालिका सहित जिल्लामा कोरोना संक्रमणकोदर अत्याधीक मात्रामा बढी रहेका कारण जनतामा जनस्वाथ्य मापडण्ड पालना गर्न र स्वाथ्य सामाग्रीको प्रयोग गर्नु पर्ने भन्ने सन्देश दिनका लागि आफुहरुले यस अभियान मार्फत सहयोग गरेको सुदिप रावल मेमोरियल ट्रष्टका अध्यक्ष सन्तोष रावलले बताउनु भयो । उहाँले फाउण्डेशन र ट्रष्टका प्रतिनिधीहरु, आफुसहित नारायण जिसी, दिनेश केसी, विजय थापा, लक्ष्मण कटुवाल, लक्ष्मीनिधी रिजाल(विमल), निराजन खतीवडा र समिर रोका मार्फत सामाग्री वडा कार्यालयका जनप्रतिनीधि लाइ प्रदान गरीएको र जनप्रतिनीधिले सबै जनताको घरघरमा स्वाथ्य मापडण्डको पालना गरी वितरण गर्ने बताउनु भयो ।


गंगा जिसी फउण्डेशनले यस भन्दा अगाडि निलगीरी यातायात प्रालि सँग सहकार्यगरी जिल्लामा गरीब तथा विपन्न परीवारका कोरोना विरामीलाइ उपचारका लागि निशुल्क अस्थायी एम्बुलेन्स् सेवा समेत सञ्चालन गरेको छ ।

You can share this post!

स्थापना दिवसमा युवा संघ रघुगंगाका अध्यक्ष गुरुङले गरे स्वाथ्य सामाग्री सहयोग

विरामी अस्पतालमा पु¥याएर फर्किदै गरेको मंगला गाउँपालिकाको गाडि तोडफोड

Related posts