उपत्यकामा निषेधाज्ञा खोल्ने तयारी

काठमाडौँ — भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खोलिने तयारी गरिएको छ । कोरोना महामारीका कारण जन–जिवन कष्टकर बनिरहेको अवस्थामा सरकारले सर्त राखेर उपत्यकामा निषेधाज्ञा खोल्ने तयारी गरिएको हो । यातायात र व्यापाररव्यवसाय क्षेत्रका लागि निषेधाज्ञा बिहीबारदेखि खुल्ने भएको छ । सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापारव्यवसायलाई शर्तसहित खोल्न दिने काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालले बताए भयो । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेको छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताए । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

You can share this post!

रेडजोनमा किटको हाहाकार, संसदमा ४४१ को खकार !

हजार शब्द ;– हिरा शर्मा, संर्घष

Related posts