रघुगंगामा अनेमसंघको तदर्थ समिती गठन

नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ रघुगंगा गाउँपालिका कमिटीको तदर्थ समिती गठन भएको छ । शनिवार रघुगंगा गाउँपालिका ३ रानिपौवामा रघुगंगा गाउँपालिका भित्ररहेका एमाले निकटका सक्रिय महिलाहरुको भेलाले रघुगंगा गाउँपालिका स्तरीय अनेमसंघको तदर्थ समिती गठन गरेको हो ।
रघुगंगा गाउँपालिका भित्र रहेको वेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानि, चिमखोलाका भेलाले दिपा पुन अध्यक्ष र लक्ष्मी शेरपुजा सचिव रहेको १९ सदस्यीय तदर्थ समिती गठन गरेको छ । त्यसैगरी भेलाले समितीको सदस्यहरुमा मिरा फगामी, जमुना कार्की, सुस्मा नेपाली, खीमकुमारी कार्की, यामकुमारी गर्बुजा, रिमती तिलिजा, मनदेवी परियार, सतदेवी पुन, संगीता कुमारी नेपाली, गौरी गर्बुजा, श्रीमाया सेरपून्जा, मिना भण्डारी, विन्दु भण्डारी, दिलकुमारी चोचाङ्गी, दालमाया शेरपूजालाइ चयन गरीएको छ । थप दुईजना सदस्य मनोनयन गरीने गरी १९ सदस्यीय समिती गठन भएको सचिव लक्ष्मी शेरपुजाले बताउनु भयो ।


भेलालाइ सम्बोधन गर्दै अखिल नेपाल महिला संघको केन्द्रीय सहसंयोजक वर्तमान सरकारको महिला बालबालिका तथा जेष्ठनागरीक मन्त्रालयको पुर्व मन्त्री थममाया थापाले माओवादी र एमाले पहिलेकै अस्तित्वमा गए पस्चात एमाले निकट अखिल नेपाल महिला संघ पनि पुनः गठन गरीएको बताउनु भयो । उहाँले पार्टी भित्र को आन्तरीक किचलो भए पनि पार्टी निकट महिलाहरुको संघगठन अनेमसंघमा म्याग्दी जिल्लमा कुनै पनि खालको किचलो नभएको बताउनु भयो ।
मुल पार्टी नेकपा एमाले र चुनाव चिन्ह्र सुर्य भएको एमालेको पार्टीको अध्यक्षमा केपी ओली नै भएको र हाल पनि एमालेकै ओलिको नेतृत्वमा वर्तमान सरकार रहिरहेको बताउँदै उहाँले सबै महिलाहरु एक भएर संगठन निमार्ण तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाँले “भाइफुटे गबार लुटे” भन्ने उखान रहेको बताउँदै आन्तरीक किचलो भन्दा पनि पार्टीको संगठनात्मक एकता आजको आवश्यकता रहेको बताउनु भयो । वर्तमान सरकारको मन्त्री पदमा रहदाँ सम्म उहाँले महिलाहरु माथि हुने अनेक किसीमका विभेद न्युनिकरणका लागि कडा कानुनको निमार्ण गरेको बताउनु भयो । एसिड आक्रमण, जस्ता जगन्य अपराध गर्नेहरुको लागि आफुले कडा कानुन बनाएको र समाजमा महिला माथि हुने हिंसाको विरुद्धमा विभिन्न किसीमका अभियान सञ्चालन गरेको उहाँले बताउनु भयो ।


महिलाहरु नेतृत्वतहमा पुग्नु पर्ने भन्दै महिलाहरुको लागि विभिन्न किसीमका सिपमुलक तालिमको पनि व्यवस्थापन वर्तमान सरकारमार्फत भै रहेको उहाँले बताउनु भयो । कार्यक्रममा वोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका नेता देवेन्द्र बहादुर केसी र रघुगंगा गाउँपालिका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)ले महिलाहरु चुलो चौको भन्दा माथि उठेर समाजिक कार्य सँगै नेतृत्व लिनका लागि लाग्नु पर्ने बताउनु भयो । पहिलाको तुलनामा महिलाहरु बाहिर खुलेर निस्किय पनि अझै नेतृत्वमा खुलेरै पर्तिसपर्धा मार्फत पुग्नु पर्ने बताउनु भयो । विगतमा महिलाहरुलाइ सक्रिय बनाउनु पर्छ भन्दै एमालेले २००८ सालमा स्थापना गरेको अनेमसंघले थुप्रै महिला नेतृत्व जन्माउन सफलरहेको बताउनु भयो ।
अनेमसंघ म्याग्दीकी सदस्य भुनुमाया तिलीजाको अध्यक्षतामा सम्पन्न भएको भेलामा अनेम संघकी नेता तथा नेकपा एमाले दग्नामको जुजारु महिला नेतृ रिमती तीलिजा, यामकुमारी गर्बुजा, एमाले निकट किसान महासंघ म्याग्दीका पुर्व उपाध्यक्ष रुद्र रिजाल लगाएतले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

You can share this post!

 एक सय १२ जना नागरिकले गरे आँखाको शल्यक्रिया

अवैध रूपमा बसेका छन् ४ लाख नेपाली महिला कामदार खाडी र मलेसियामा

Related posts