मालिका–२ रुमका अध्यक्षका उम्मेदवार बुढाथोकीको प्रतिवद्धता पत्र सार्वजनिक

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्षका उम्मेदवार उदय कुमार बुढाथोकीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा रहँदा पनि निरन्तर सामाजिक सेवामा सक्रिय बुढाथोकीलाई नेकपा एमालेले मालिका–२ रुमको वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।

उहाँले बुधबार ८ पेज लामो प्रतिवद्धता पत्र एक कार्यक्रमका विच सार्वजनिक गर्नुभएको हो । अध्यक्षका उम्मेदवार बुढाथोकीले आफ्नो प्रतिवद्धता पत्रमा सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, रोजगार, सामाजिक तथा भौतिक विकासलाई प्राथमिकताका आधारमा प्रस्तुत गर्नुभएको छ । उहाँले वडामा ५ वटा सडक निर्माण र ४ वटा सडकलाई बाह्रै महिना संचालन हुने गरि स्तरउन्नति गर्ने योजना बनाउनुभएको छ ।

वडाका सवै टोलमा एक घर एक धारा निर्माण गरि खानेपानीको सुविधालाई व्यवस्थित गर्ने, वडामा करिव २०० जनाको क्षमता रहेको सामुदायिक भवन निर्माण गर्ने, बिद्युत, झोलुङ्गे पुल तथा पक्की पुल निर्माण गर्ने, रुम गाउँलाई रिङरोडको परिकल्पना सहित नमुना गाउँ निर्माणका लागि गुरुयोजना तयार गरि कार्यान्वयनमा लैजाने उहाँको प्रतिवद्धता रहेको छ ।

रुमको स्लेट ढुङ्गाखानीलाई स्थानीय जनताको पहुँच र अधिकारको सुनिस्चितता हुने गरि बैधानिक रुपमा खानी संचालन गरेर रोजगारीको सृजना गरि स्थानीय जनताको जिविकोपार्जनमा सहयोग पु¥याउने अध्यक्षका उम्मेदवार बुढाथोकीको सवैभन्दा महत्वपूर्ण योजना रहेको छ । उहाँले रुमको स्लेटलाई देशैभर पु¥याउने गरि बजारीकरण गर्ने र उत्पादन बढाउने बताउनुभएको छ ।

वडाका विभिन्न वस्तीहरुमा हामस्टेको निर्माण गरि दुरलेकलाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । राष्ट्रिय माविलाई नमुना बिद्यालय बनाउने, २०८० साल देखि कक्षा १२ सम्मको अध्ययन गराउन पहल गर्ने, शिक्षालाई प्रविधिमैत्री बनाउने उहाँको योजना रहेको छ ।

रुम स्वास्थ्यचौकीलाई प्रविधिमैत्री बनाउने, स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउने, गरिव परिवारलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने, सुत्केरी महिलालाई सुत्केरी भत्ताको व्यवस्था गर्ने योजना उहाँले अघि सार्नुभएको छ । छुवाछुत सहित सवै प्रकारका विभेदमुक्त समाज निर्माण गर्ने, स्थानीय पुख्यौली पेशालाई संरक्षण गर्ने, श्रमिकको सिप परिक्षण गरि रोजगारीको अवसर सृजना गर्ने, तथा युवा तथा खेलकुदको विकासका लागि खेलमैदान निर्माण देखि प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्ने योजना बनाउनुभएको छ ।

जनमुखी, जनउत्तरदायी तथा प्रभावकारी सेवा संचालन गरि भ्रष्टाचारको सुन्य सहनशिलता लागु गर्ने अध्यक्षका उम्मेदवार बुढाथोकी प्रतिवद्ध हुनुहुन्छ । यसबाहेक नेकपा एमालेले लिएको आफ्नो गाउँ आफै बनाऔँ अभियान अनुसार स्थानीय श्रोत र साधनको पहिचान गर्ने, वडामा उत्पादन बृद्धि गर्ने, वजारीकरण व्यवस्थित गर्ने र जनतालाई आयआर्जनतर्फ आकर्षित गर्ने प्रतिवद्धता लिएर बुढाथोकी सहित नेकपा एमालेका उम्मेदवारहरु जनताको घरदैलोमा पुग्नुभएको छ ।

बैशाख ३० गते सूर्य चिन्हमा भोट गरि नमुना वडा तथा पालिका निर्माणका लागि तयार गरिएको योजना कार्यान्वयन गर्ने अवसर प्रदान गरिदिन उहाँले मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

You can share this post!

निस्कोटमा एमालेको चुनावी सभाः उम्मेदवारले सुनाए गाउँपालिकालाई समृद्ध बनाउने योजना

गठबन्धनका उम्मेदवारको गौँसरा र फापरखेतमा चुनावी सभा

Related posts