वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता

बेनी । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गर्नुभएको प्रतियोगितामा आयोजक मिडिया सोसाईटी तीनका विरुद्ध ६ गोल गर्दै विजेता बन्न सफल भयो ।

विजेता आयोजकलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, म्याग्दी मिडिया सोसाईटी अध्यक्ष अमित विश्वकर्मा जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले ट्रफी ,मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

यसैगरी महासंघ टिमलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा चार गोल गर्न सफल आयोजक मिडिया सोसाईटीका सचिव समेत रहनुभएका राकेश शर्मा सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत हुनुभयो भने आयोजक टिमकै अर्का खेलाडी किरन कार्की उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत हुनुभयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले फुटसल प्रतियोगिताले शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सहयोग पुग्ने बताउनुभयो । फुटसल लगायत खेलकुद प्रतियोगिताले सामाजिक सद्भाव कायम गर्न र खेलकुद क्षेत्रको प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतम र जिल्ला फुटबल संघका अध्यक्ष बानियाँले वार्षिकोत्सवको अवसरमा मिडिया सोसाईटीलाई शुभकामना व्यक्त गर्नुभयो ।

मिडिया सोसाईटी अध्यक्ष विश्वकर्माले संस्थाले स्थापनाकालदेखि नै जिल्ला स्थित संचालित सञ्चारमाध्यमको सवलीकरण र प्रवद्र्धनका लागि काम गर्दै आइरहेको बताउनुभयो । पत्रकार तथा सञ्चारकर्मीबीच एकआपसमा सद्भाव बढाउन र फुटसल खेलको प्रवद्र्धनमा टेवा प¥याउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको उहाँको भनाइ थियो । मिडिया सोसाईटी सचिव राकेश शर्माले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष साधन राम्जालीले स्वागत मन्तव्य राख्नुभएको थियो । मिडिया सोसाईटी विक्रम संवत् २०७४ सालमा स्थापना भएको हो ।

You can share this post!

बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन

म्याग्दीको धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित

Related posts