म्याग्दी, ११ पौष । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४२ मेगावाट क्षमताकोे राहुघाट हाईड्रोपावरको टिप्पर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
गाउँपालिका–३ पिप्लेमा रहेको हाईड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय ट्रिप्पर अडिट २ को घुम्ती नजिक सडकबाट ३ सय मिटर तल खस्दा टिपर चालक र सहचालको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश बखरिया घर भएका ३३ बर्षका दशरथ यादव र सह चालक भारतको मध्य प्रदेश भेलबारी घर भएका ४० बर्षका शत्रुधन रजक रहेका छन । थप अनुसन्धानका लागि बेनीबाट प्र.नि.सागर पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।