प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजनामा प्रथम मोना कप पालिका स्तरीय पहिला तथा पुरुष भलिबल प्रतियोगिता बेनीमा सुरु भएको छ ।

प्रतियोगिताको बुधवार विहान मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अमर छन्त्याल र महासचिव हरि राम्जालीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पश्चात आयोजित पहिलो खेलमा रघुगंगा गाउँपालिका विजयी भएको छ । अन्नपूर्ण गाउँपालिका संगको खेलमा रघुगंगाले २–३ सेटमा खेल जितेको हो । दुई दुई सेट बराबरीमा खेलेको अन्नपूर्णले अन्तिम सेट गुमाउदा खेलमा पराजित हुन पुग्यो ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ५० हजार, सान्त्वना पुरस्कार २० हजार रहेको छ । भने उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन ।

प्रतियोगिताको उद्घाटन गर्दै मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालले जिल्लाका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । जिल्लाको कला, संस्कृति र खेलकुदको विकासमा मोनाले विभिन्न गतिविधिहरु निरन्तर संचालन गर्ने अध्यक्ष छन्त्यालले बताउनुभयो ।


जिल्लाका ६ वटै पालिकाबाट महिला तथा पुरुष भलिबल टिम सहभागी भएका छन । भोली फाईनल मात्रै संचालन गर्ने गरि सवै खेलहरु आजै खेलाईने खेल तालिका रहेको प्रतियोगिताको प्राविधिक सहयोगमा रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको विशेष उपस्थिति रहेको थियो ।

मोना अन्तराष्ट्रियको पाँचौँ महाधिवेशनको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । त्यस्तै बेनी लभ्लिहिल मिनी म्याराथुन दौड प्रतियोगिता पनि असोज २६ गते विहान संचालन हुनेछ । महाधिवेशनको मुल समारोह असोज २६ गते विहान ११ बजेदेखि बेनीको खुल्लामञ्चमा आयोजना हुने कार्यक्रम छ ।

You can share this post!

मल्लको सहयोगमा मौवाफाँटका जेष्ठनागरीक र अगुवाले गरे मुक्तिनाथको दर्शन

मोना अन्तराष्ट्रियको पाँचौँ महाधिवेशनको तयारी पुरा

Related posts