बयानका लागि रवि लामिछानेलाई लगियो चितवन

सहकारी बचत ठगी, संगठित अपराधको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। उनलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो।

सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा सभापति लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो। त्यही अनुसन्धानका लागि उनलाई चितवन लैजान लागिएको हो।

गत कात्तिक २ गते सोही अभियोगमा सभापति लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो।

पोखराको सुर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ। सोही प्रकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ। यसअघि लामिछानलाई रुपन्देही पुर्‍याएर बयान लिइएको थियो।

You can share this post!

मालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई

एनपीएलः सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य, दीपेन्द्रको विष्फोटक अर्धशतक

Related posts