जलजलामा नमूना युवा गाउँसभा अभ्यास

पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीतिनिर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

तीनदिनसम्म सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाको ९ वटै वडाबाट चार÷चार जनाको दरले युवाहरु सहभागी भएका थिए । तिनदिन सम्म संचालन भएको कार्यक्रममा प्रक्रियागत रुपमा नमुना युवा सांसद गठन समेत भएको छ ।

जसको अध्यक्षमा बैकुण्ठ जिसी, उपाध्यक्ष सुधा जिसी, र वडागत रुपमा सहभागी भएका प्रशिक्षार्थीहरु सदस्यका रुपमा चयन गरेको छ । यसरी गठन भएको समितिबाट प्रदेशमा हुने कार्यक्रमको लागी सहभागी हुने बताइएको छ ।

कार्यक्रममा आयुषा कँडेल र देवराज अवस्थिले गाउँसभा बैठक आव्हान, कार्यसूचि तय, सभा शुरु, सञ्चालन र समापनका प्रक्रीया, बैठकमा प्रस्तुतहुने शैली र प्रयोगगर्ने भाषाको विषयमा सहजिकरण गर्नुभएको थियो । सैद्धान्तिकका साथसाथै सहभागीहरुलाइ गाउँसभाको अध्यक्ष र सदस्यहरुको रुपमा चयनगरी सभा सञ्चालनको नमुना अभ्यास समेत गराइएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य ब्यक्त गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नमुना अभ्यासले युवा मार्फत समुदाय स्तरसम्म गाउँसभाको महत्व बुझाउन सहयोग पुगेको बताउनुभयो । उहाँले जिल्लामा एउटा पालिकाले मात्रै प्राप्तगर्ने यो अवसर जलजलाले प्राप्तगर्नु सौभाग्य भएको बताउनु भयो ।

नमुना युवा गाउँसभा अभ्यास तालिममा सिकेका कुरा भविष्यमा जो जहाँ पुगेपनि जीवन उपयोगीहुने र राजनैतिक रुपमा जुन दलसंग आबद्द भएपनि यसरी सिकेको सिप समाजको रुपान्तरणमा उपयोगीहुने बताउनुभयो ।

त्यसैगरी समापन कार्यक्रममा मंतब्य ब्यक्तगर्दै वडा नं ४ का अध्यक्ष भरत जिसीले युवाले यस्ता कार्यक्रमबाट सिकेका सीपले सचेतना बृद्दी हुनेहुदा जनप्रतिनिधिले कहिँकतै गलत कार्य गरेमा वा गर्न सक्ने अबस्था आएमा खबरदारी र सचेत गराउन सक्ने अबस्था आउने बताउनुभयो ।

प्रशिक्षकको तर्फबाट मन्तब्य ब्यक्त गर्दै प्रमुख प्रशिक्षक आयुषा कंडेलले युवावर्ग भनेको कुनै पार्टी बिशेषको झन्डा बोकेर पार्टीगतबिचार अभिव्यक्त गर्ने मात्रनभई समाजको यथार्थ पहरेदार र परिबर्तनको सहि सम्बाहक हुनुपर्ने बताउनुभयो ।

प्रशिक्षार्थीको तर्फबाट पार्वतीजि.सी, साजन परियार, सुधा सुबेदी, बैकुण्ठ जिसीले प्रशिक्षणमा आफुले सिकेका कुरा र युवाले सुशाशानको वकालत गन खबरदारी गर्नुपर्ने कुरा ब्यक्त गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । कार्यक्रमा गाउँपालिकाका वडाध्यक्षहरु र कार्यपालिकाका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

तिनदिवसीय कार्यक्रमको समापन कार्यक्रम जलजलागाउँपालिकाका शिक्षा अधिकृत त्रिलोक आचार्यको अध्यक्षता र शिक्षा शाखा प्राबिधिक सहायक देवी रिजालको संचालनमा सम्पन्न भएको थियो । देवि जिसी

You can share this post!

लोक गायक रसाईलीको ‘बेनीको बजार’ पञ्चेबाजाको गीत सार्वजनिक

म्याग्दीमा पहिलो पटक नगर प्रहरी भर्ना

Related posts