मंगलाको कुहुँमा प्रभावकारी उद्घोषण तथा भाषणकला तालिम सुरु

म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थागत तथा दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताउनुभयो ।

वडा अध्यक्ष रोकाले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी हुने बताउनुभयो । सोही अवसरमा दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले ग्रामिण क्षेत्रमा अझैपनि बोल्ने कलाको विकास हुन नसक्दा महिलाहरूलाई अवसरबाट बन्चित गराउने गरिएको बताउँदै तालिममा सिकेका ज्ञान,सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

मंगला–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पौयूपाँटा लगायतका बस्तीबाट २५ जना महिलाको सहभागिता रहेको तालिमको अध्यक्ष सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले गाउँघरमा अहिले पनि बोल्ने कलाको अभ्यास नहुदाँ महिलाहरूलाई विभिन्न संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट बन्चित गराउने गरिएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, स्वागत सदस्य नरदेबी रोका र सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो । तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको छ । तालिममा उद्घोषण, भाषणकला, नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

You can share this post!

म्याग्दीमा ट्राफिक सचेतनाका लागि सप्ताहव्यापी कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा दरबाङमा सम्पन्न

Related posts