म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा जारी रहेको महिला भलिवल प्रतियोागितामा विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ) सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश माथि जित निकालेको थियो ।
प्रतियोगितामा एपीएफकी आरती सुवेदी उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । क्वाटरफाईनलको दोस्रो खेल खुल्लामञ्चमा बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशविच भईरहेको छ । दिउँस १ बजे आर्मी र नेपाल पुलिस र ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सेमिफाईनल कात्तिक १ गते मंगलबार हुने छ । कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरि १० टिमको सहभागिता रहेको छ ।