काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँ पर्वले नेपाली समाजमा राष्ट्रिय एकताको भावनालाई थप बलियो र विकसित गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
बडादशैँ पर्वको अवसरका शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली सांस्कृतिक चाडपर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्नुभएको छ । उहाँले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा हरेक वर्ष मनाइने महान् पर्व दशैँ सम्पूर्ण नेपाली समाजको एकताको मौलिक पहिचान भएको कुरा व्यक्त गर्नुभएको छ ।
उहाँले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको बताउँदै बडादशैँलगायतका सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।
उहाँले चाडपर्वहरूले नेपाली समाजका मूल्य, मान्यता र संस्कारलाई थप बलियो बनाउन मद्दत पु¥याउने बताउनुभएको छ ।