नेपाल आइडलको पोखरा अडिसनमा म्याग्दीका सन्तोष पुन मगरलाई गोल्डेन माइक

म्याग्दी १० चैत । नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनले गोल्डेन माइक जित्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका ८ मा बसोबास गर्दै आउनुभएका पुनले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक प्राप्त गर्नुभएको हो ।
काठमाण्डौ बाहिरको अन्तिम अडिसनको रुपमा नेपाल आइडलको पोखरा अडिसन भएको थियो । अडिसनमा म्याग्देली गायक पुनको प्रस्तुतीलाई तीनै जना जर्जहरुले प्रसंसा गर्दै उत्कृष्ट घोषित गर्दै गोल्डेन माइक प्रदान गर्नुभएको थियो ।

गोल्डेन माइक प्राप्त गरेसंगै उत्साहित हुँदै सन्तोषले आगामी प्रस्तुतीलाई पनि उत्कृष्ट बनाउने गरि तयारी गर्ने बताउनुभएको छ ।

 

 

You can share this post!

बेनीमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईयो

एमाले म्याग्दीका नवनिर्वाचित पालिका कमिटीलाई अभिमुखिकरण

Related posts